haija2-1723182882.jpg
Wednesday, 11 Sep, 2024
jkmv-1721483934.jpg

थाहा नगर

नवजागृत पुस्तकालयले मनायो १७ औं पुस्तकालय दिवस

pustak1-1725114069.jpg

निरन्तर शिक्षाका लागि पुस्तकालय’ नाराका साथ १७ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवं पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ भदौ १५ गतेदेखि औपचारिक रुपमा दिवस मनाउन थालिएको हो । 

दिवसका अवसरमा थाहा नगरपालिका शिखरकोटमा रहेको जिल्लाकै पुरानो र हालसम्म जिवित पुस्तकालय नवजागृत पुस्तकालयले  विशेष कार्यक्रमको आयोजना गरेको हो  । 
पुस्तकालयलाई प्रविधिमैत्री बनाएर अघि बढ्न आवश्यक रहेको कार्यक्रमका सहभागी हरुले उल्लेख गरे।

नवजागृत पुस्तकालयले " एक व्यक्ति एक पुस्तक" अभियान समेत चलाइरहेको सन्दर्भमा पत्रकार कुमार नेगि,श्रीराम कार्की,रेम्स रायमाझी,बारुद रायमाझी  द्वारा अभियान लाई सहयोगार्थ पुस्तक हस्तान्तरण गरेका थिए ।
अन्तरक्रियात्मक कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय संवन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माण, पुस्तकालयमा जनशक्ति व्यवस्थापन, नगर स्तरिय पुस्तकालय समन्वय समितिको  आवश्यकता, नगरभित्र भएका पुस्तकालयहरुको अध्ययन तथा अनुसन्धानका साथै अभिलेखिकरण हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा बोल्दै नेकपा एमाले थाहा नगर अध्यक्ष  सुरेन्द्रमान प्रधानले समयको परिवर्तन अनुसार  पढ्ने संस्कृतिमा परिवर्तन आएको बताउँदै उनले पछिल्ला पुस्ता नविनतम प्रविधिमा रमाउन थालेकाले  पुस्तकालयप्रति आकर्षण घट्दै गएको बताए ।

तेसै गरि पत्रकार कुमार नेगिले समयको परिवर्तनसँगै अबका पुस्तकालयमा युवा पुस्ताको माग अनुसार पुस्तक तथा पाठ्य सामाग्री राखिनु जरुरी भएको बताउदै उनले भने, “सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पाठ्यपुस्तकलाई डिजिटलाइज गर्नुपर्नेमा जोड दिए।

तेसैगरी जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले पुस्तकालयमा पाठक बढाउनको निम्ति विद्यालयमा  अध्यनरत विद्यार्थी हरुलाइ पुस्तकालयको महत्वको बारेमा अभिमुखिकरण गर्नुपर्ने बताउनुभयो।
माओवादी जिल्ला सदस्य अरुण रायमाझीले पुस्तकालयको भौतिक संरचना पनि बसौं बसौं पढौं पढौं लाग्ने किसिमको हुनुपर्नेमा  जोड दिदै  पाठकलाई अधिकतम जोड्ने गरी पुस्तकालयको विकास गरिनुपर्ने बताए।


पुर्व अध्यक्ष मधुसूदन रायमाझीले मकवानपुर जिल्लामै दुइवटा पुस्तकालय जिवित रहेको र त्यसमध्य थाहामा रहेको नवजागृत पुस्तकालय पनि पर्ने हुदा ५६ बर्षको गौरवपुर्ण इतिहास बोकेको यस  पुस्तकालयको संरक्षणमा युवा पुस्ताले देखाएको चासोले आफू हर्षित भएको बताए।
माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामाले इतिहासको जगेर्नाका साथै समाज परिवर्तनको महत्वपूर्ण आधार भएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै थाहा नगर  र आसपासका क्षेत्रको शैक्षिक तथा सामाजिक पहिचानलाई कायमै राख्न  पुस्तकालयले जोड दिनुपर्ने बताउनुभयो।

नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिष्टको अध्यक्षता तथा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दामन रेडक्रसका सभापति मनश्याम बस्नेत,माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद कुमार लामा,जनकल्याण माबिका अध्यक्ष राजिब कुमार स्याङ्तान,पुस्तकालयका निवर्तमान अध्यक्ष मधुसूदन रायमाझी,माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी,पत्रकारहरु कुमार नेगी,सुरज कुमार भुजेल,शम्भु अधिकारी,फोटो पत्रकार गणेश बिष्ट,फरक सोचका संयोजक यादव रायमाझी,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,पुस्तकालय ब्यवस्थापन समितिका पदाधिकारीहरु लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरुलाई पुस्तकालयका सदस्य शम्भु अधिकारीले स्वागत गरेका थिए भने पुस्तकालयका सचिब राजकुमार कार्कीले कार्यक्रम संचालन गरेका थिए।

जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । नेपालमा औपचारिक रूपमा १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय दिवस मनाइन्छ । 

नेपालमा संस्थागत रूपमा पुस्तकालयस्थापना भएको २०० वर्षभन्दा लामो इतिहास रहेको छ

palung-campus-1723207434.jpg
haija1-1723182927.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस
FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको...

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।
1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका...

माओवादी भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न
1725891257328-1725891283.jpg

हेटौंडा । भाद्र २४ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो...

बाबू छोरीको कथामा ‘रंगी’ बनाउँदै सलोन !
FB_IMG_1725857178095-1725857539.jpg

थाहा नगर,२४ भाद्र/ सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
1725759919053-1725759937.jpg

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र...

पत्रकार ढुंगानालाई दुर्व्यवहार
1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका...

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 
FB_IMG_1725726852846-1725727098.jpg

थाहा नगर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख...

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत
1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा...

प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने
1725539682805-1725539780.jpg

सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान...