janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

समाचार

नमूना प्रगतिको २४ औँ वार्षिक साधारणसभा सम्पन्न

1726755076584-1726755089.jpg

हेटौंडा, ३ असोज÷हेटौंडा २ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
बिहिबार संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियोे ।
सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ४२ करोड ४ लाख ५६ हजार ८९४ रुपैयाँको कुल कारोबार गरेको र चालु आर्थिक बर्षमा ४८ करोड बराबरको कारेबार गर्ने लक्ष्य रहेको संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।
२ हजार ५ सय ९२ जना सदस्य रहेको संस्थामा २ करोड ८५ लाख ६३ हजार दुई सय रुपैंया शेयरपुजीँ रहेको र सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई २९ करोड ९० लाख ४ हजार ५२२ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका ऋण प्रमुख लेखनाथ लम्सालले बताए ।
लम्सालले सहकारीमा ३२ करोड ८२ लाख ४५ हजार ४०४ रुपैयाँ बचत निक्षेप रहनुका साथै जगेडा कोषमा ३ करोड २९ लाख ७४ हजार ४२९ रकम रहेको बताए ।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।
पुरस्कृत हुनेमा जेष्ठ सदस्यतर्फ हरिप्रसाद सिग्देल र गोमादेवी भण्डारी, उत्कृष्ट बचतकर्तातर्फ मीनबहादुर प्रधान, प्रतिभा लम्साललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट ऋणी (धितो सुरक्षण) चिन्तालक्ष्मी अधिकारी, शर्मिला थापा, विष्णुप्रसाद पराजुली र वीरबहादुर न्यासुर, उत्कृष्ट व्यवसायी (पशुपालन) तर्फ सीताराम तिमल्सिना र उत्कृष्ट बाल बचतकर्तातर्फ अनुष्मा रिमाल र श्रृयाश्री खतिवडालाई सम्मान गरिएको थियो ।
त्यस्तै सहकारीले २०८० सालको एसईइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फका प्रसन्न चौलागाई, निजी विद्यालयतर्फका स्पन्दन दाहाल, प्रतिष्ठा कार्कीलाई र प्लस टु परीक्षामा उत्कृष्ट हुने निश्चित घिमिरे र पूर्णिमा सञ्जेललाई नगद सहित पुरस्कृत गरिएको थियो । त्यस्तै स्नातकतर्फ सुस्मिता तिमल्सिना, आदर्श लामिछाने, विपना चौलागाई, प्रमिसा पौडेल, प्रमिस पौडेललाई र स्नातकोत्तरतर्फका आश्मा शर्मा पौडेललाई नगद सहित पुरस्कृत गरिएको थियो ।
साधारण सभाकै अवसरमा पत्रकारिता मार्फत सहकारी क्षेत्रको विकासमा योगदान पु¥याएवापत समृद्ध समाज दैनिकका प्रधान सम्पादक सुरेश श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो ।
साधारणसभामा संस्थाका उपाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्र्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास वोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी उपाध्यक्ष मीनाकुमारी चौरेल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभाले संस्थाका अध्यक्ष मिठाराम दाहालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन सहितको भाबी नीति तथा कार्यक्रमका साथै कोषाध्यक्ष केशव प्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको गता आथ्कि बर्षको बित्तिय विवरण र चालु आर्थिक बर्षको लागि अनुमानित बजेट अनुमोदन गरेको छ ।
सहकारी संस्थाले हेटौंडा २ मा रहेको मूख्य कार्यालय र हेटौंडा १७ मा रहेको सदस्य सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्देै आईरहेको छ । संस्थामा हाल ६ जना कर्मचारी कार्यरत छन् ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...