Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

नगर प्रमुख लबशेर बिष्टद्वारा विद्यालय भवन उद्घाटन
— जनमुखी

थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले आज थाहा नगरपालिका ४ दामन स्थित श्री ऋषेश्वर आधारभुत बिद्यालयको नव निर्मित दुईकोठे भवनको उद्घाटन गर्नु भएको छ । 
जिल्ला कार्यान्वयन इकाईको सहयोगार्थ निर्मित भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिष्टले शिक्षा सुधारको लागि समुदायनै वढी जिम्मेवार हुने भन्दै सामुदायिक विद्यालयप्रति समुदायले वढी भन्दा वढी निगरानी गरि बिद्यालय सुधार तथा कार्वाही गर्नु पर्ने कुनै पनि गुनासो भएमा नगपालिकामा जानकारी गराउन अनुरोध गर्नु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाअध्यक्ष दिपक सिं लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा लेकाली बसिफाँट माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाले छोरा छोरी नपढाउने अभिभावकहरुलाई लक्षित गरि नगरपालिकाले अभियान चलाउनु पर्ने मन्तव्य ब्यक्त गर्नु भएको थियो । 
प्रधानाध्यापक जयराम अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा शैक्षणिक सुधारात्म प्रतिबेदन सहित शिक्षक भद्रध्वज केसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

अभिभावक तथा सरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा रामशरण पाख्रिनको अध्यक्षतामा शिक्षक अभिभाबक संघ गठन गरिएको छ । संघको सदस्यहरुमा सोम ब भोम्जन, सीता भोम्जन, सुमित्रा थिङ्ग, आईते सि भोम्जन र शिक्षक प्रतिनिधिमा अमृत गोले चयन भएका छन् । कार्यक्रमको अवसरमा ४८जना छात्रालाई छात्रबृत्ति बितरण गरिएको थियो ।
विद्यालय भवन २० लाख ७२ हजार ४ सय ७९ को लागतमा निर्माण भएको हो ।  


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png