gumba-1715660528.jpg
Tuesday, 21 May, 2024
शिक्षा

नगर प्रमुख लबशेर बिष्टद्वारा विद्यालय भवन उद्घाटन
— जनमुखी

थाहा नगरपालिका प्रमुख लबशेर बिष्टले आज थाहा नगरपालिका ४ दामन स्थित श्री ऋषेश्वर आधारभुत बिद्यालयको नव निर्मित दुईकोठे भवनको उद्घाटन गर्नु भएको छ । 
जिल्ला कार्यान्वयन इकाईको सहयोगार्थ निर्मित भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिष्टले शिक्षा सुधारको लागि समुदायनै वढी जिम्मेवार हुने भन्दै सामुदायिक विद्यालयप्रति समुदायले वढी भन्दा वढी निगरानी गरि बिद्यालय सुधार तथा कार्वाही गर्नु पर्ने कुनै पनि गुनासो भएमा नगपालिकामा जानकारी गराउन अनुरोध गर्नु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाअध्यक्ष दिपक सिं लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा लेकाली बसिफाँट माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार लामाले छोरा छोरी नपढाउने अभिभावकहरुलाई लक्षित गरि नगरपालिकाले अभियान चलाउनु पर्ने मन्तव्य ब्यक्त गर्नु भएको थियो । 
प्रधानाध्यापक जयराम अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा शैक्षणिक सुधारात्म प्रतिबेदन सहित शिक्षक भद्रध्वज केसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

अभिभावक तथा सरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा रामशरण पाख्रिनको अध्यक्षतामा शिक्षक अभिभाबक संघ गठन गरिएको छ । संघको सदस्यहरुमा सोम ब भोम्जन, सीता भोम्जन, सुमित्रा थिङ्ग, आईते सि भोम्जन र शिक्षक प्रतिनिधिमा अमृत गोले चयन भएका छन् । कार्यक्रमको अवसरमा ४८जना छात्रालाई छात्रबृत्ति बितरण गरिएको थियो ।
विद्यालय भवन २० लाख ७२ हजार ४ सय ७९ को लागतमा निर्माण भएको हो ।  


world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...