jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

दुवै गठबन्धनलाई १३८ को सकस

images-(1)-1669467781.jpg

 

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सांसद आवश्यक, तर बुधबारसम्म प्रत्यक्षतर्फको जित र अग्रता तथा समानुपातिकतर्फ पाएको मत प्रतिशत हेर्दा सत्ता र विपक्षी दुवै गठबन्धनलाई बहुमत प्राप्त गर्न कठिन, संसद्मा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक बन्न सक्ने

स्पष्ट बहुमत ल्याउने दाबीसहित निर्वाचनमा होमिएका सत्तागठबन्धन र विपक्षी एमाले नेतृत्वको गठबन्धनलाई संसदमा सामान्य बहुमत पुर्‍याउन पनि कठिन हुने देखिन्छ । बुधबार मध्यरातिसम्म प्रत्यक्षतर्फ जित र अग्रता प्राप्त क्षेत्र तथा समानुपातिकतर्फ पाएको मत प्रतिशत हेर्दा दुवै गठबन्धनले बहुमत प्राप्त गर्ने देखिँदैन । यस्तो अवस्थामा संसद्मा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सरकार गठनका लागि निर्णायक बन्न सक्छन् । 

सत्तागठबन्धन आफ्नो बहुमत आउने र एमालेले एक्लै बहुमत ल्याउने दाबीसहित चुनावी मैदानमा उत्रिएका थिए । तर, तीन नयाँ दलको सशक्त उपस्थितिले उनीहरूलाई बहुमत पुर्‍याउन कठिन भएको छ । नयाँ दलहरूका कारण संसद्मा पनि दुवै गठबन्धनमाथि दबाब पर्ने देखिन्छ । 

बुधबार मध्यरातिसम्म सत्तागठबन्धनमा रहेका कांग्रेसले २२, माओवादीले पाँच, एकीकृत समाजवादीले तीन, लोसपाले दुई र जनमोर्चाले एक क्षेत्रमा जित निकालेका छन् । यसबाहेक कांग्रेस ३५, माओवादी १३, एकीकृत समाजवादी सात, लोसपाका एक र गठबन्धनको समर्थन पाएका स्वतन्त्र तीन उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेसका एक जना बागी उम्मेदवारले पनि अग्रता लिएका छन् । 

यो नतिजालाई प्रारम्भिक आधार बनाउने हो भने हालसम्मको मतपरिणामअनुसार कांग्रेसले प्रत्यक्षमा ५८ आसपास, माओवादीले १८, एकीकृत समाजवादीले १०, लोसपाले तीन, जनमोर्चाले एक र स्वतन्त्रबाट तीन जनाले जित्ने सम्भावना छ । यसबाट सत्तागठबन्धनले प्रत्यक्षमा ९३ क्षेत्रमा जित्ने देखिन्छ । कांग्रेसबाट निर्वाचित टेकबहादुर गुरुङको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी तत्काल संसद् छिर्न पाउँदैनन् । 

यो संख्या सत्तागठबन्धनलाई सरकार बनाउनका लागि ४५ सिटले कम हुन्छ । समानुपातिकमा कांग्रेसले ३१ र माओवादीले १४ सिट ल्याउँदा बल्ल बहुमत अर्थात् १३८ सांसद पुग्छन् । यस्तो अवस्थामा एकीकृत समाजवादी र लोसपाले थ्रेस होल्ड नकटाउँदा पनि सत्तागठबन्धनको बहुमत पुग्छ । 

तर, समानुपातिकतर्फ बुधबार राति १२ बजेसम्मको गणनामा कांग्रेसलाई २४.२१, माओवादीलाई ११.६०, एकीकृत समाजवादीलाई १.६३  प्रतिशत मत परेको छ । सत्तागठबन्धनका अन्य घटकको समानुपातिक मत न्यून छ । यही औसतमा मत पाए समानुपातिकतर्फ कांग्रेसले २७, माओवादीले १३ सिट हासिल गर्न सक्छ । यसमा थ्रेस होल्ड नकटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा थप सिट ठूला दलले पाउँछन् । एकीकृत समाजवादी र लोसपाले थ्रेस होल्ड कटाए गठबन्धनलाई बहुमत पुर्‍याउन सहज हुन सक्छ ।

त्यस्तै विपक्षी गठबन्धनबाट एमाले १०, जसपा र राप्रपा एक–एक क्षेत्रमा विजयी भएका छन् । एमालेले ३३, जसपाले चार, राप्रपाले चार सिटमा अग्रता लिइरहेका छन् । यसलाई आधार मान्दा एमालेले ४३ आसपास जित्ने देखिन्छ । हालसम्मको परिणामअनुसार जसपा र राप्रपाले करिब १० क्षेत्र जित्ने देखिएको छ । प्रारम्भिक मतपरिणामअनुसार एमाले नेतृत्वको गठबन्धनले करिब ५३ क्षेत्र जित्ने देखिन्छ । सरकार बनाउन अर्थात् बहुमत पुर्‍याउन यो गठबन्धनले समानुपातिकमा कम्तीमा ८५ सिट जित्नुपर्ने देखिन्छ । एमालेले ३५ र राप्रपा १५ र जसपाले अधिकतम १० सिट जिते पनि ६० सिट मात्रै पुग्छ । 

समानुपातिकतर्फ बुधबार राति १२ बजेसम्मको गणनामा एमालेलाई २६.३२ प्रतिशत मत परेको छ । यही औसतमा मत पाए समानुपातिकतर्फ २९ सिट हासिल हुन सक्छ । यस्तै राप्रपाले ७.४५ र जसपाले ३.३० प्रतिशत मत पाएका छन् । यही औसतमा मत परे राप्रपाले समानुपातिकमा आठ सिट पाउन सक्छ । जसपाले चार सिट पाउन सक्छ ।

सत्तारुढ दलहरू कांग्रेस नेतृत्वमा र विपक्षी दलहरू एमाले नेतृत्वमा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए । कांग्रेसको मत माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चामा अपेक्षाकृत ‘ट्रान्सफर’ नभएका कारण सत्तारुढ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस भएको छ । विपक्षी गठबन्धनमा पनि एमालेका मत राप्रपालगायत दलमा ट्रान्सफर कम भएको देखिएको छ ।

सत्तागठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपा छन् । एक क्षेत्रमा जनमुक्ति र केही क्षेत्रमा स्वतन्त्र उम्मेदवारलाई पनि सत्तागठबन्धनको समर्थन छ । यो गठबन्धनका तर्फबाट कांग्रेसले ९१, माओवादीले ४६, एकीकृत समाजवादीले २०, जनमोर्चाले दुई, लोसपाले सात, स्वतन्त्र दुई (घनश्याम भुसाल र प्रभु साह) र जनमुक्तिले एक सिटमा उम्मेदवारी दिएका थिए ।

एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जसपा, राप्रपा, राप्रपा नेपाल, परिवार दल, जनता प्रगतिशील पार्टी, कांग्रेस बिपी, स्वतन्त्र समावेश छन् । एमालेले १४१ सिटमा आफूले उम्मेदवार उठाएर जसपालाई १७ र राप्रपालाई तीन क्षेत्रमा सघाएको थियो । राप्रपा नेपालका कमल थापालाई एमालेको चुनाव चिह्न दिएको थियो । परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक उम्मेदवार बनाएको छ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, कांग्रेस बिपीका कर्ण मल्ल, कांग्रेसका बागी दिनेश कोइरालालाई पनि एमालेले सघाएको थियो ।

दुई गठबन्धनबाहिरको स्थिति
हालसम्मको परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी संसद्को चौथो दल बन्ने देखिएको छ । प्रत्यक्षमा चार क्षेत्र जितिसकेको स्वतन्त्र पार्टी पाँच क्षेत्रमा अगाडि छ । समानुपातिकमा यो दल तेस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको एक स्वतन्त्रसमेत गरी दुई क्षेत्र जितिसकेको छ । अन्य एक क्षेत्रमा उसको अग्रता छ । जनमत पार्टीले एक क्षेत्र जितेको छ भने अन्य एक क्षेत्रमा अग्रता कायम राखेको छ । नेमकिपाले एक स्थानमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा  १३.८८ प्रतिशत मत ल्याएको छ । यही अनुपातमा मत पाए उसले समानुपातिकमा १५ सिट पाउन सक्छ ।

प्रमुख तीन दलको समानुपातिक सूची : क्लस्टरअनुसार को–को छन् प्राथमिकतामा ?

प्रमुख ठूला दलका एजेन्डा र नेताविरुद्ध आक्रामक प्रचार गरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य अवस्थामा सरकार निर्माणको खेलमा सहभागी नहुने बताएको छ । संसद्मा चौथो शक्तिको हैसियतमा उदाएको यो पार्टी प्रमुख दलहरू दुई गठबन्धनमा विभाजित रहेको अवस्थामा सरकार निर्माणका लागि निर्णायक बन्न सक्छ । आफ्नै नेतृत्वमा वा आफूले प्रस्ताव गरेको व्यक्ति प्रधानमन्त्री हुने अवस्थामा सरकारमा सहभागी बन्न सक्छ । तर, उसले सिफारिस गरेको व्यक्ति ठूला दलले स्वीकार गर्ने सम्भावना न्यून छ । मधेसका पुराना दललाई धक्का दिएर उठेको जनमत पार्टी र पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टी भने अनुकूल समीकरणमा सरकारमा सहभागी हुन सक्छन् । अहिलेको सत्तागठबन्धनले सत्तासाझेदारीमा सम्मानजनक हैसियत र उनीहरूका माग सम्बोधनमा उदारता देखाए सरकारमा सहभागी हुन पनि सक्छन् । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...