Monday, 29 Apr, 2024
बजार

दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै

Untitled-1-(1)-1698544366.jpg

दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताउनुभयो । 

उहाँका अनुसार कात्तिक १० गतेदेखि प्रतिकिलो १५ रुपियाँ मूल्य घटाएर किलोको ३७५ गरिएको छ । यसअघि कुखुराको मासु प्रतिकिलो ३९० मा बिक्री भइरहेको थियो । 

मूल्य अझ कम हुन्छ, उहाँले भन्नुभयो, “हामीसँग बढी भएको कुखुरा बेच्नका लागि अझै मूल्य घटाउनु परे घटाउँला तर बढी भएको कुखुरा बेच्नुपर्ने बाध्यता आइसकेको छ ।”

अघिल्लो वर्षको दसैँमा देशभर दैनिक १२ लाख किलो कुखुराको मासु बिक्री भएको थियो भने यस पटक छ लाख किलो कटाउन पनि मुस्किल भएको अध्यक्ष सिंहले बताउनुभयो । 

दसैँमा बिक्री हुन्छ भनी पहिलादेखि तयारी गरेर राखेका थियौँ तर आधा पनि बिक्री भएन, उहाँले भन्नुभयो, “बिक्री नभएको कुखुरा कसरी खपत गर्ने भनी किसान तथा व्यवसायीलाई चिन्ता थपिएको छ, बढी भएको कुखुरा खपत गर्न बाध्यता छ, बिक्री भएन भने त्यसलाई पुर्नुपर्ने अवस्था आउन सक्छ ।”

कुखुराको मासु खपत गर्ने कतिपय रेस्टुरेन्ट, होटल, होस्टल, चमेनागृह बन्द भएका छन् । आर्थिक मन्दीका कारण उपभोक्ताले विगतको भन्दा कम मासु खाएका छन् भन्दै उहाँले यस्तो अवस्था रहिरहने हो भने धेरैको टाट पल्टिने अवस्था आउन सक्ने बताउनुभयो । व्यवसायीले बैङ्कबाट लिएको ऋणको ब्याज बढ्दै छ, कुखुराको दाना र श्रमिकको ज्याला बढेर उत्पादन लागत बढ्याबढ्यै छ, यस अवस्थामा बिक्री कम हुनुले किसान तथा व्यापारी निकै मर्कामा परेको उहाँले बताउनुभयो । 

कुखुरापालन व्यवसायमा करिब १८ लाख किसान संलग्न छन् । हप्तामा ४५ लाख चल्ला उत्पादन हुने गरेको थियो, अहिले त्यो घटेर २४ लाखमा पुगेको छ । किसानले अहिले जिउँदो कुखुरा प्रतिकिलो २०० सय रुपियाँमा व्यवसायीलाई बिक्री गर्दै आएका छन् । सोही कुखुरा व्यवसायीले खुद्रा बजारमा ४०० देखि ३९० सम्ममा बिक्री गरिरहेका छन् ।  


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...