pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा ३ वडा समितिको पहिलो बैठक, वडाका २४ बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने

IMG_20220526_122217_10-1653570315.jpg

थाहा, १२ जेठ,
स्थानीय तह सदस्य निर्वाचन पश्चात निवार्चित थाहा नगरपालिका वडा नं. ३ समितिको पहिलो बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडाका सरकारी बिद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने अति विपन्न र जेहन्दार बिद्यार्थीहरुलाई एक बर्षको पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ । 

आर्थिक अभावका कारण बिद्यालय जान नसक्ने बिद्यार्थीहरुलाई बिद्यालयमा अध्ययन गर्ने वातावरण सृजना गर्न छात्रबृत्ति दिने निर्णय गरिएको वडा अध्यक्ष रायमाझीले बताउनुभयो । अध्यक्ष रायमाझीले यो बर्ष वडाका जनकल्याण माबिका १० जना, सेतीगणेश आधारभूत बिद्यालयका ६ जना, जनता प्राबिका ६ जना र पालुङ बहुमुखी क्याम्पसका २ जना बिद्यार्थीहरुलाई १ बर्ष सम्म आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गर्ने बताउनुभयो ।

बैठकले वडामा निर्वाचित जनप्रतिनिधिहरुको जिम्मेवरी समेत निर्धारण गरेको छ । त्यस्तै नगरपालिका कार्यालयले गर्ने निशुल्क स्वास्थ्य बिमाका लागि वडाका २५ गरिव, बिपन्न, जेष्ठ नागरिक परिवारको छनौट समेत गरिएको छ । 

त्यसैगरी क्रिष्टल बनाउने तालिमका लागि २ जना किशोरी र दलित लक्षित कार्यक्रमको लागि २ जना लाभग्राही समेत छनौंट गरिएको वडा सचिव पाल्साङ लामाले बताउनुभयो ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...