edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

राेजगार

थाहा ३ का महिलाहरुले सिके डल र कुशन बनाउन।

CamScanner-०४-०१-1680347606.jpg

कुकुर अहिले नै भुक्लाजस्ताे, खरायाे दुलाे पसिहाल्लाजस्ताे अनि गणेश त गणेश भइहाले, मन्दिरमा भक्तालु कुरेर बसेजस्ताे ।

थाहा नगरपालिका-३ का महिलाहरुले यत्तिको आकर्षक डल बनाएकाेप्रति साेही वडाका वडाध्यक्ष्य हिरेन्द्रकुमार रायमाझीले  महिलाहरुकाे खुलेर प्रशंसा गरे । उनले अघि भने- 'सिक्दै बनाएकाे डल र कुशन त यति राम्राे, व्यवसायिक ढंगले बनाउँदा त अझ कति राम्रो हाेला' ।

रायमाझी १७ फागुनमा आयाेजित थाहा-३ का २२ जना महिलाहरु सहभागी डल-कुशन तालिमकाे समापन समाराेहमा उपस्थित थिए । महिलाहरुले व्यवसायिकरुपमा डल-कुशन निर्माण गरे बजारकाे लागि वडा कार्यालयले सहयाेग गर्ने वचन दिए । वडा अध्यक्षकाे कुरामा प्रशिक्षार्थी महिलाहरुले थपडी बजाए ।

बुटवलबाट आएकी सरिता थापाले थाहा-३ का महिलाहरुलाई १५ दिनसम्म डल-कुशन बनाउने तालिम दिएकी थिइन् । थाहा नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तालिम दिएकाे हाे । तालिममा महिलाहरुले गणेश, खरायाे, कुकुर र पेडीकाे डल बनाउन सिकेका छन् भने दुईथरी फूल र प्रेम(मुटु)काे कुशन बनाउन सिकेका छन् ।

तालिम समापनमा महिलाहरुले बनाएकाे डल-कुशनकाे नमुना पनि राखिएकाे थियाे ।

महिलाहरुले बनाएकाे डल-कुशन हेरेर थाहा-३ का वडा सदस्य पवित्रा ठकुरी, सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष ईश्वरबहादुर कार्की, उद्यम विकास सहजकर्ताद्वय सुनिता बुढा क्षेत्री र दिक्षा पाण्डे लगायतले तालिममा सहभागी महिलाहरु व्यक्तिगत तथा सामुहिकरुपमा व्यवसायी बन्नेमा विश्वास व्यक्त गरे ।

चालु वर्ष थाहा नगरपालिकाकाे ३ र ४ नं. वडामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)  सञ्चालन भइरहेकाे छ । अहिलेसम्म ३ नम्बर वडामा अचार बनाउने तालिम र डल-कुशन बनाउने तालिम सकिएकाे छ भने सिलाइ-कटाइ र अल्लाेकाे कपडा बनाउने तालिम चलिरहेकाे छ । त्यस्तै थाहा-४ मा बाँस तथा निगालाेकाे हस्तकला सामग्री बनाउने तालिम सम्पन्न भइसकेकाे लघु उद्यम विकासका कार्यक्रम अधिकृत कुमार नेगीले जानकारी दिए । महिलाहरुले बनाएकाे बाँसकाे मुडा, र्याक, फाेटाे फ्रेम, कलमदानी, फूलदानी, अचार, डल र कुशन विक्रीका लागस थाहा-४ स्थित काेशेली घरमा राखिएकाे  छ ।

सीप सिकाइकाे क्रममा उत्पादन भएका सामग्रीको विक्रीमूल्यकाे ८० प्रतिशत उत्पादक महिलाले पाउनेछन् भने २० प्रतिशत नगरपालिकाकाे काेषमा जम्मा हुनेछ ।

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...