pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा नगर वडा स्तरीय फुटबलमा वडा न ३,१ र १२ को बिजयी सुरुवात

gem1-1706104494.jpg

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा १० माघ आजबाट थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ।

 थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुभयो।
थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तान,बिशिस्ट अतिथी निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने तथा अतिथिहरु थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,वडा न ९ का अध्यक्ष राजकुमार बलामी,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी,खेलकुद विकास समिती सदस्य यादव रायमाझी,खेलकुद विकास सदस्य सचिब अनिल लामिछाने,लगायतका उपस्थिति रहेको थियो।
आज भएको उद्घाटन खेलमा वडा न ३ ले वडा न ६ लाई ४-१ गोल अन्तरले पराजित गर्‍यो भने दोस्रो खेलमा वडा न १ ले वडा न २ लाई २-० गोलले पराजित गर्यो तेसै गरि आजै भएको वडा न ९ र वडा न १२ बिच भएको अन्तिम खेलमा वडा न १२ ले पेनाल्टी सुट आउटमा ५-४ को नतिजा निकाल्दै विजयको सुरुवात गरेको छ।

 प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिए ।

माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्रमश स् नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई आयोजकले पुरस्कारको व्यवस्था मिलाइएको छ ।

गतवर्ष भएको वडा स्तरीय प्रतियोगिताको उपाधी वडा नम्वर ९ ले जित्न सफल भएको थियो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...