pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहा नगर वडा स्तरीय फुटबलमा वडा न ३,१ र १२ को बिजयी सुरुवात

gem1-1706104494.jpg

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा ९ नम्बर वडास्तरीय खेलकुद विकास समितिको व्यवस्थापनमा १० माघ आजबाट थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ।

 थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुभयो।
थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री कुमारी मोक्तान,बिशिस्ट अतिथी निर्माण व्यावसायि महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने तथा अतिथिहरु थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,वडा न ९ का अध्यक्ष राजकुमार बलामी,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी,खेलकुद विकास समिती सदस्य यादव रायमाझी,खेलकुद विकास सदस्य सचिब अनिल लामिछाने,लगायतका उपस्थिति रहेको थियो।
आज भएको उद्घाटन खेलमा वडा न ३ ले वडा न ६ लाई ४-१ गोल अन्तरले पराजित गर्‍यो भने दोस्रो खेलमा वडा न १ ले वडा न २ लाई २-० गोलले पराजित गर्यो तेसै गरि आजै भएको वडा न ९ र वडा न १२ बिच भएको अन्तिम खेलमा वडा न १२ ले पेनाल्टी सुट आउटमा ५-४ को नतिजा निकाल्दै विजयको सुरुवात गरेको छ।

 प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिए ।

माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय हुनेले क्रमश स् नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीलाई आयोजकले पुरस्कारको व्यवस्था मिलाइएको छ ।

गतवर्ष भएको वडा स्तरीय प्रतियोगिताको उपाधी वडा नम्वर ९ ले जित्न सफल भएको थियो । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg