Monday, 20 May, 2024
समाचार

थाहा नगर उद्योग वाणिज्य संघले पायो महासंघको सदस्यता

FNCCI-Meeting-1564574908.jpg

उत्तरी मकवानपुरको उद्योगी, व्यापारीहरुको हकहितमा क्रियाशील थाहानगर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता पाएको छ । बुधबार काठमाण्डौंमा महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बसेको महासंघको १२ औं बैठकले थाहा नगर उद्योग वाणिज्य संघलाई नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्रदान गर्ने निर्णग गरेको हो । 

२०७२ सालमा स्थापित थाहा नगर उद्योग वाणिज्य संघले महासंघको सदस्यता पाउन संस्था दर्ता भए लगत्तै आवेदन दिएको थियो । संघले महासंघ प्रदेश नं. ३ को भने गत वर्ष नै सदस्यता पाइसकेको छ । बुधबार महासंघको बैठकले थाहा नगर उद्योग वाणिज्यसंघसहित ४ वटा संघलाई सदस्यता प्रदान गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए । यो निर्णयपछि अब महासंघमा १ सय ८ उद्योग वाणिज्य संघ आवद्ध भएका छन् । 
कविराज खत्रीको नेतृत्व रहेको थाहानगर उद्योग वाणिज्य संघले खत्रीकै नेतृत्वमा ३ वटा व्यापार महोत्सव सफलतापूर्वक आयोजना गरेको, संघमा २ हजारभन्दा बढी सदस्य रहेको, विभिन्न स्वरोजगारमुलक  र उद्यमशीलतासम्बन्धी तालिममार्फत् व्यवसाय विकासमा टेवा पु¥याएको लगायतको आधारमा थाहा नगर उद्योग वाणिज्य संघलाई स्थापनाको छोटो अवधिमै महासंघले सदस्यता प्रदान गरेको महांघले जनाएको छ । 

महासंघले सदस्यता प्रदान गर्ने निर्णय गरेलगत्तै प्रतिक्रिया दिँदै थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष खत्रीले सबै सदस्यहरुको क्रियाशीलता, कार्यक्रमको प्रभावकारिता र महासंघको यथोचित मूल्याङ्कनले महासंघको सदस्यता पाउन सफल भएको बताए । उनले अब आगामी दिनमा उद्योगी, व्यापारी र व्यवसायीहरुको हित, विकास र प्रवर्धनका लागि अझ सहज वातावरण बन्नेमा विश्वास व्यक्त गरे । 

सदस्यताका लागि प्राप्त आवेदनहरुको छानविन गरी सदस्यताको लागि सिफारिश गर्न महासंघले छुट्टै समिति बनाएको थियो  । उक्त समितिको सिफारिशको आधारमा महासंघको कार्यसमितिले थाहा नगर उद्योग वाणिज्य संघलाई सदस्यता दिने निर्णय गरेको हो । 


 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...