Monday, 20 May, 2024
समाचार

थाहा नगर उद्योग वाणिज्य संघलाई,मकवानपुर उबासंघको स्वागत,

FB_IMG_1695307956999-1695308003.jpg

मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । मउवासंघका अध्यक्ष कृष्णकुमार गुप्ताको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरिएको हो । कार्यक्रममा बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अध्यक्ष गुप्ताले मउवासंघको स्थापना, आर्थिक क्रियाकलाप, संघले विगतदेखि वर्तमानसम्म गरेका अन्य विभिन्न कार्यहरु बारे उनले संक्षिप्त जानकारी गराएका थिए ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्वअध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरीक्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा विकसित भएको बताए । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएको, अहिले पनि थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई आफूले लिएको उनको भनाइ रहेको थियो ।

उनले थाहानगर, कृषिको हिसावले परिचित र पर्यटकीय रुपमा सम्भावनायुक्त रहेको स्मरण गर्दै धार्मिकपर्यटनको रुपमा ऋषेश्वर, गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहानगरमा रहेको बताए । त्यसैगरी उनले मकवानपुर उद्योग वाणिज्य संघबाट थाहानगरको पर्यटन विकासमा सम्भावित पहलको लागि अनुरोध गरेका छन् । कार्यक्रममा संघका उपाध्यक्षत्रय प्रमोदसिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दीपक उप्रेतीलगायतले बधाई ज्ञापन गरेका थिए ।

FB_IMG_1695307960286-1695308004.jpg
FB_IMG_1695307962703-1695308028.jpg
FB_IMG_1695307967368-1695308028.jpg
FB_IMG_1695307967368-1695308075.jpg
FB_IMG_1695307973653-1695308075.jpg

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...