gumba-1715660528.jpg
Tuesday, 21 May, 2024
शिक्षा

थाहा नगर आधारभुत तह समिक्षा गोष्ठि सम्पन्न
शम्भु अधिकारी

36063551_1879826632111994-1529755258.jpg
थाहा नगरस्तरीय आधारभूततह २०७४ को अन्तिम परिक्षाको नतिजा विश्लेषण सम्बन्धि एक दिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । थाहा नगर शिक्षा समितिको आयोजनामा आज पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न बिध्यालका नेपाली ,सामाजिक ,अग्रेजी, बिज्ञान ,गणितका शिक्षकहरुले थाहा नगरका विद्यार्थी कमजोर हुनुमा कारण र समस्याको समाधानको बारेमा प्रष्ट पारेका थिए । संस्थागत बिधालयको तर्फबाट सुरेन्द्र मान प्रधान, बिध्यालय ब्यवस्थापन समितिको तर्फबाट जनकल्याण माबिका अध्यक्ष राजिब स्याङ्तान ,परिक्षा समितीका अध्यक्ष किरण मान बल, वडा नम्बर अध्यक्ष बिस्णु गुरुङ ,शिक्षा समिती सदस्यहरु, शानोभाइ कार्की, शुमन कार्की, उर्मिला श्रेष्ठ, किस्ण बा बिष्ट, थाहा नगर पालिकाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा विषय शिक्षक लगाएतको उपस्थिति रहेको थियो । श्रोत ब्यक्ती रामकुमार ठाकुरले थाहामा ड्रप आउटको समस्या धेरै समस्या भएकोले समाधान पनि गर्नु पर्ने बताउनु भयो । श्रोत ब्यक्ति ठाकुरले अभिभावक, ब्यबस्थापन समिति र शिक्षक मिलेर गए रिजल्ट राम्रो हुने भएकोले प्राइमरी लेभल बाटै सुधार गर्नु पर्ने बताउनु भयो । प्रमुख अतिथि बिस्टले शिक्षकले आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने, सरकार को नीति मा चल्नु पर्ने , तथा शिक्षक मुलुकको उन्नत नागरिक उत्पादन गर्ने शक्ति भएकोले शिक्षामा कुनै पनि किसिमको बहाना बन्नु नहुने र सदैब सहयोग रहने बताउनु भयो । नगर शिक्षा समिती सदस्य शशिधर सुबेदिको सभापतित्व मा भएको कार्यक्रममा जनकल्याण माबिका अध्यक्ष राजिव कुमार स्याङतानले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिक्षा शाखा प्रमुख लक्ष्मण दाहालले कार्यक्रम संचालन गर्नु भएको थियो ।
36063551_1879826632111994-1529755267.jpg
36063551_1879826632111994-1529755271.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...