pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,

FB_IMG_1743048811515-1780926020.jpg

 

थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, विद्यालय र शिक्षकलाई सम्मान गर्ने भएको छ ।

शाखाले २६ जेठ मंगलबारबार एक कार्यक्रमको आयोजना गरि कुल ५२ जनालाई सम्मान गरिन लागेको जनाएको छ । सम्मानित हुनेहरुमा एसईईतर्फ सामुदायिक विद्यालयहरुमध्ये औसत जीपीए २.२६ सहित प्रथम हुने मत्स्य नारायण मावि सोल्टु, २.०४ जीपीए सहित दोस्रो हुने झम्केश्वरी मावि ओखरबजार, १.९० जीपीए सहित तृतीय हुने स्वरस्वती मावि देउखेल सम्मानित हुने भएको हो । 

यसैगरी, संस्थागत तर्फ ३.१९ जीपीए सहित प्रथम हुने पालुङ अङ्ग्रेजी आवासीय मावि अंगारे, ३.१२ जीपीए सहित दृतीय हुने पालुङ भ्याली हार्ट एकेडेमी स्कुल चोक, ३.११ जीपीए सहित तृतीय हुने पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुल ओखर बजार सम्मानित हुने भएको छ । 

यसैगरी विषयतगत उत्कृष्ट शिक्षकहरुमा सामुदायिकतर्फ मत्स्य नारायण माविका शिक्षकहरु दिनेश केसी (अङ्ग्रेजी), चन्द्र प्रसाद बराल (नेपाली), श्याम तामाङ (सामाजिक), देवचन्द्र ढकाल, (ऎच्छिक प्रथम), सरस्वती माविका राजेन्द्रसिङ दाहाल (गणित), जनकल्याण माविका धनबहादुर गोले (विज्ञान) र इन्द्रायणी माविका नारायण बहादुर कार्की (ऎच्छिक दृतीय) सम्मानित हुँदै छन् । 

यस्तै संस्थागत विद्यालय तर्फ पालुङ अङ्ग्रेजी आवासीय माविका शिक्षकहरु मेरिना तौजाले (अङ्ग्रेजी), योगबहादुर सिन्तान (गणित), बिराज रायमाझी (विज्ञान), जुनु उप्रेती (सामाजिक), पालुङ भ्याली हार्ट एकेडेमीका सुर्जमाया श्रेष्ठ (नेपाली), सम्झना केसी (ऎच्छिक दृतीय) र पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका आयुष खत्री (ऎच्छिक प्रथम) सम्मानित हुनेछन् ।

उत्कृष्ट विद्यार्थीहरुमा सामुदायिक तर्फ मत्स्य नारायण मावि रोहित भ्लोन (३.७ जीपीए) प्रथम, मत्स्य नारायण माविकै आर्शन थापा (३.६३ जीपीए) दृतीय र जनकल्याण माविका जेशिका ढकाल (३.५४ जीपीए) तृतीय स्थानबाट सम्मानित हुनेछन् ।

संस्थागत विद्यालय विद्यार्थीहरुमा हिमालयन इङ्ग्लीस सेकेन्डरी बोडिङ स्कुलका सजिना रायमाझी (३.८७ जीपीए) प्रथम, पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका सोप्निल प्रधान (३.७३ जीपीए) दृतीय र सरस्वती विद्या मन्दिरका सेन्ड्रीला गोपाली (तृतीय) स्थानबाट सम्मानित हुनेछन् ।

यसैगरि कक्षा ८ मा सामुदायिक विद्यालयतर्फ औसत जीपीए ३.२० सहित इन्द्रायणी मावि आग्रा प्रथम, ३.१५ जीपीए सहित सरस्वती मावि देउखेल दृतीय, ३.०५ जीपीए सहित सुनौला मावि कुन्छाल तृतीय, संस्थागत तर्फ ३.४६ जीपीए सहित सरस्वती विद्या मन्दिर बज्रबाराही प्रथम, ३.४२ जीपीए सहित पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुल ओखर बजार दृतीय र ३.४१ जीपीए सहित पालुङ भ्याली हार्ट एकेडेमी तृतीय स्थानबाट सम्मानित हुने भएका छन् ।

यसैगरी, कक्षा ८ मा सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षकहरुतर्फ सरस्वती माविका बिष्णु वाइबा (नेपाली), सरस्वती माविकै सन्ध्या पौडेल (अङ्ग्रेजी), सुनौला माविका सबिना अर्याल (गणित), दुर्गादेवी माविका बिनिसा अमात्य (विज्ञान), इन्द्रायणी माविका सरस्वती कार्की (सामाजिक), दुर्गादेवी माविका सुवाश जोशी (स्वास्थ्य तथा शारीरिक), नारायण बहादुर कार्की (थाहा ज्ञानमाला) सम्मानित हुने भएका छन् ।

संस्थागत विद्यालयका उत्कृष्ट शिक्षकहरुतर्फ पालुङ भ्याली हार्ट एकेडेमीका सुर्जमाया श्रेष्ठ (नेपाली), पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका मोहन सिंह वाइबा (अङ्ग्रेजी), सरस्वती विद्या मन्दिरका इश्वर महर्जन (गणित), पालुङ अङ्ग्रेजी आवासीय माविका विराज रायमाझी (विज्ञान), पालुङ मोडर्न इङ्ग्लीस मिडियम स्कुलका सीता कुवर (सामाजिक), इअन इङ्ग्लीस एकेडेमीका कमल गोपाली (स्वास्थ्य तथा शारीरिक) र पालुङ भ्याली हार्ट एकेडेमीका सम्झना केसी (थाहा ज्ञानमाला) सम्मानित हुने भएको छ ।

सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुमा सुनौला माविका सलिना थिङ प्रथम, सुन्दरीदेवी माविका जेनिफा वाइबा दृतीय र झम्केश्वरी माविका स्मृका प्रधान तृतीय पुरस्कारबाट सम्मानित हुनेछन् । 

यसैगरी संस्थागत विद्यालयका विद्यार्थीतर्फ सरस्वती विद्या मन्दिरका आरध्या उप्रेती, आशिष दोङ र उज्वल श्रेष्ठ क्रमश: प्रथम, दृतीय र तृतीय स्थानबाट सम्मानित हुनेछन् ।

आगामी वर्षहरुबाट अझ उत्कृष्ट नतिजाको अपेक्षासहित यो कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखाले जनाएको छ ।

थाहा नगरमा गत कक्षा ८ मा ९४ प्रतिशत र एसईईमा ५७ प्रतिशत नतिजा हासिल गरेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...