pani-1786865868.jpg
Thursday, 20 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरमा “थाहा” अभियानका प्रणेता रुपचन्द्र बिष्टको जन्मजयन्ती मनाईयो 
थाहा अभियान राजनितिक र सामाजिक दर्शन भएको वक्ताहरुको भनाई   

1-1610264663.jpg

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले थाहानगरपालिकाबाट सम्पादन हुने हरेका काम रुपचन्द्र विष्टको मार्ग दर्शन अनुसारनै भईरहेको र त्यही नै बिष्ट प्रतिको सम्मान भएको बताउनु भएको छ । 

रुपचन्द्र विष्टको ८६ औं जन्मजयन्ती तथा छैटौं थाहा दिवसका अवसरमा फरक सोच अभियानले थाहा नगरपालिकामा गरेको कार्यक्रममा बोल्दै नर प्रमुख विष्टले नगरपालिकाले “थाहा” लाई नाममा मात्र नभएर काममा समेत देशै भर चिनाएको बताउनु भयो । 

थाहानगरपालिका शिखरकोट स्थित विकासघर प्राङ्गडमा भएको कार्यक्रममा थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीले अहिले राजनिती गर्नेहरुले रुप चन्द्र विष्टबाट पाठ सिक्नुपर्ने बताउनु भयो । 

स्वार्थमा लिप्त भएर गुट उपगुटका नाममा राजनितिलाई बदनाम गराउनेहरुले जनमत गुमाएको बताउदै थाहा नगरपालिकामा फरक सोचले गरेका समाजिक कार्यको प्रशंसा समेत गर्नु भयो । 
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता विष्णु बिष्ट आदर्शले रुदानेको जिवनीको चर्चा गर्दै हिजोका दलका भुमिकालाई अहिले आरोप प्रत्यारोपमा लागेर दल र नेताले ईतिहास बिर्सन खोजेको आरोप लगाउनु भयो । 
रुपचन्द्र बिष्टका अनुयायी तथा सामाजिक अभियान्ता ज्योति रायमाझीले रुपचन्द्र बिष्ट सँग बिताएका संस्मरणहरु सुनाउदै थाहा अभियान पनि एक राजनितिक अभियान भएकाले थाहा अभियानलाई युवा पुस्तामाझ लैजान पहल र प्रयत्न गर्नु पर्ने बताउनु भयो । फरक सोच अभियानले गरेका सामाजिक कार्यले रुपचन्द्रलाई सम्मान गरेकोले खुसी व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै रुपचन्द्र स्मारक  समितिका थाहा नगर संयोजक बिमल विष्टले रुपचन्द्र विष्टका आदर्श कार्यान्यनमा जोड दिन पर्ने बताउनु  भयो ।  विर्खे अन्जानले अतिथि हरुलाई स्वागत गर्दै शुरु भएको कार्यक्रमको सभापतित्व फरक सोच अभियानका संयोजक यादब जंग रायमाझीले गर्नु भएको गियो भने कार्यक्रम संचालन फकर सोचका अभियानता सुरज कुमार भुजेलले गर्नु भएको गियो । 


कार्यक्रममा थाहा दिवसका अवसरमा आयोजित दोस्रो उप मेयर कम व्याडमिन्टर प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने लाई पुरस्कार वितरण तथा फरक सोचको सामाजिक अभियानमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...