Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

"थाहा"

थाहा नगरमा पहिलो पटक राष्ट्रिय योग दिवस मनाउँदै ।

325484690_233314263021688-1673697436.jpg

ूयोगा हैन, योग भनौ ( योगमा नेपालीपन कायम राखौंू भन्ने मुल नाराका साथ थाहा नगरमा योग दिवस मनाइने भएको छ। थाहा नगरपालिकाको वडा न १ मा रहेको सुनौला बिकास केन्द्रमा योग दिवस मनाउन लागियको हो । नेपाल सरकारको मन्त्री परिषद तहको निर्णयबाट गत २०७२ सालको माघ १ गतेलाई राष्ट्रिय योग दिवस को घोषणा गरि तदुप्रान्त प्रत्येक वर्षको माघ १ गते, राष्ट्रिय योग दिवसको रुपमा मनाउदै आइएको छ ।

यस वर्ष ८ औं राष्ट्रिय योग दिवस परेको र यस वर्षको शन्देस मुलक नाराका रुपमा, ुस्वास्थ्य जीवनको चाहना, योग शिक्षा र साधनाु रहेको छ । नेपाल सरकार, बिश्वशान्ती तथा अध्यात्म बिज्ञान समाज ९नकउकक०,  लगायत विभिन्न योग साधनारत संघसस्था एवं मुमुक्ष ज्युहरु द्वारा सकृयता पुर्वक एकसाथ तथा फरक फरका कार्यक्रम गरि मनाउने तालिका रहेको छ ।  ८ औं राष्ट्रिय योग दिवस देखि सम्भवत थाहा नगर मै पहिलो पटक राष्ट्रिय योग दिवस भब्यताका साथ मनाउन लागिएको छ ।

गत कार्तिक महिना देखि खासगरी बालबालिका केन्द्रीत शनिवारीय योग साधनालाई  ९विदाको दिनपारी० निरन्तरता दिदै आएको सुनौला विकास केन्द्रले बिश्वशान्ती तथा अध्यात्म बिज्ञान समाजद्वारा प्रवर्द्धित योग साधनालाई मार्गदर्शनको रुपमा लिदै सुनौलो सामुदायिक सिकाइ केन्द्रको कुशल ब्यवस्थापन र थाहा नगर वडा नं।१ को नेतृत्वदायी सहयोगमा जीवन्त शिक्षा स्वयंसेवी शैक्षिक अभियान परिवारद्वारा सहजीकरण गर्दै आएको सुनौला विकासका रुपचन्द्र गोपालीले बताउनुभयो  । माघ १ गते  सुनौलो बिकास केन्द्र, स्थित कुन्छाल डाडामा समस्त थाहानगरवासी आमा बुवा, दाजुभाइ दिदीबैनीहरुमा यौगिक क्रिया गर्दै राष्ट्रिय योग दिवस मनाउनका लागि खुल्ला रुपमा आमन्त्रण गर्दै गोपालीले योग दिवस भव्री बनाउन आग्रह गर्नुभयो । 


यो योग महाबिद्या हाम्रै देश नेपालको प्राचीन योग खजाना हो । हाम्रै देशका ती परमं श्रद्धय ॠषिमुनीहरुको वर्षौको साधना एवं तपस्या मार्फत सृजित यो महाज्ञान समयक्रम सँगै हामीले भुल्दै गयौ । र यही ज्ञान विदेशीभुमी र भारत हुँदै पुन नेपाल आइपुग्दा योग बाट योगा शब्द द्वारा सम्बोधित हुन पुग्यो । अतस् देशको यो गुमेको साख र सम्मानलाई पुनस् बिधिपुर्वक फिर्ता गराइ नेपाललाई योग गुरु र गन्तब्यको देश निर्माण गरि छाड्ने प्रण बिश्वयोग गुरु, आचार्य श्री राजन शर्मा ज्युले लिनु भएको छ । बिश्वशान्ती तथा अध्यात्म बिज्ञान समाजको संस्थापक नेतृत्व गरिरहनु भएको आचार्य श्री ले गत ३र४ वर्ष यता निशुल्क योग, ध्यान साधना गराइ अन्तर्राष्ट्रिय तहको प्रशिक्षक तयार गर्दै आउनु भएको छ । उहाँको यस उदाहरणीय एवं अनुकरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै हामी सबैले आ(आफ्नो तर्फबाट मातृभुमिको प्रतिष्ठा अनि सम्मानका खातीर योगदान पुर्‍याउनु हामी सवैको हीतमा रहेको योग गुरु राजन बिडारी बताउछन ,बिडारीका अनुसार  योग शब्द संस्कृतको युज धातुबाट बनेको र यसको अर्थ हुन्छ, एकाकार गर्नु । अज्ञनताबाट ज्ञान तर्फ, जडबाट चेतन तर्फ, निर्वलता र दुर्गुणबाट सबलता र सद्गुण तर्फ, बेहसीबाट होस र बोध तर्फ अनि सीमितताबाट असीमितता तर्फको महायात्रा नै योग हो । ज्ञानयोग, कर्मयोग, भक्तियोग र राजयोग गरि योगका विभिन्न आयामहरु संसारमा अस्तित्वमा रहेका छन । योग भित्र, ब्यायाम, आसन र प्राणायाम  गरि ३ चरण रहने गरेका छन ।

त्यस्तै ध्यान साधना र सत्संङ्ग योगका अभिन्न अंङ्ग भएको बताउदै   योगलाई महासागरका रुपमा बुझ्दा फरक नपर्ने बताउछन। योगरुपी यस महासागरबाट जस्लाई जति ज्ञान र सीप आवश्यक पर्छ, त्यक्तिकै मात्रामा डुबुल्की लगाउन सक्छ । भौतिक जीवनमा जुनै क्षेत्रमा अब्बल बन्न देखि लिएर, आत्मीक उन्नती एवं मुक्त जीवनका लागि समेत उत्तिकै लाभदायक छ भएको वहाँको भनाइ छ। थाहापाटी,

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...