Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

समाचार

थाहा नगरमा थपियो १ हजार ४ सय १४ मतदाता

FB_IMG_1743852711198-1767680041.jpg

मकवानपुरमा १४ हजा ६ सय १ जना मतदाता थपिएका छन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि थपिएका समेत गरी मतदाताको संख्या तीन लाख १५ हजार तीनसय ३४ पुगेको छ । निर्वाचन कार्यालयका सूचनाअधिकारी ताराप्रसाद आचार्यका अनुसार जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा एक हजार चार सय १५ मतदाता थपिएका छन् ।
आचार्यका अनुसार सबैभन्दा धेरै मतदाता हेटौंडा उपमहानगरपालिकामा ७ हजार एक सय ६३ थप भएका छन् । त्यसपछि मनहरी गाउँपालिकामा एक हजार चार सय ६८ मतदाता थपिएका छन् । यसैगरी बकैया गाउँपालिकामा ८ सय १७, बागमती गाउँपालिकामा ८ सय ४०, मकवानपुरगढी गाउँपालिकामा ७ सय ५४ र भीमफेदी गाउँपालिकामा ६ सय ९३ मतदाता थपिएका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा ३ सय ७३, कैलाश गाउँपालिकामा ३ सय ६३ र राक्सिराङ गाउँपालिकामा २ सय ३५ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान केन्द्र पनि थप गरिएको छ ।
मतदानस्थल भने साविककै कायम राखिए पनि मतदान केन्द्र १० वटा थप गरिएको सूचनाअधिकारी आचार्यले जानकारी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गत दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र तोकिएका छन् । यसअघि जिल्लामा ३ सय ६४ मतदान केन्द्र रहेका थिए । निर्वाचन क्षेत्र नम्बर १ मा ६२ मतदानस्थल र १ सय ७८ मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा १ सय ५ मतदानस्थल र १ सय ९६ मतदान केन्द्र तोकिएका छन् ।
अद्यावधिक तथा दाबीविरोधको क्रममा निर्वाचन कार्यालयले मतदाता सूचीबाट ८ सय ८४ नाम हटाएको छ । मृत्यु भएका २ सय १ जना मतदाता तथा दोहोरो नाम रहेका ६ सय ८३ जनाको नाम सूचीबाट हटाइएको कार्यालयले जनाएको छ । मतदाता विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् । जिल्लाभर कुल मतदातामध्ये महिला एक लाख ५३ हजार ३ सय ७६, पुरुष एक लाख ६१ हजार ९ सय ५३ र अन्य ५ जना रहेका छन् ।
 


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...