Saturday, 11 May, 2024
बजार

थाहा नगरपालिका द्वारा दामन सिमभन्ज्याङका होटल अनुगमन।

थाहा नगरपालिका बजार अनुगमन समिती मार्फत उद्योग बाणिज्य संघ ,उपभोक्ता हित संरक्षण मञ्च ,ईलाका प्रहरी ,संचारकर्मी लगायतका टोलि बाट थाहा नगरको सिमभन्ज्याङ दामन क्षेत्रमा मा रहेको होटल,लज,रेस्टुरेन्ट तथा ब्याबसायिक पसलको आजअनुगमन गरियको छ।अनुगमनको क्रममा केही पसलमा म्याद गुज्रिएको सामान जफत गरियको छ भने प्रायः ब्याबसायिक पसल तथा अधिकान्स होटल रेस्टुरेन्ट हरुमा थाहा नगरपालिकामा दर्ता भएका ब्याबसायहरुको प्रमाणपत्र नवीकरण नभएको  पाइयको अनुगमनमा खटिएका थाहा नगरपालिका अनुगमन समितीका सदस्य तथा सामाजिक बिकास साखा प्रमुख अनिल लामिछाने  ले बताउनु भयो।नवीकरण नगरेका ब्याबसायिहरुलाइ सात दिन भित्र वडा कार्यालयमा गएर नवीकरण गर्न र होटलको भान्सा सफा राख्न र मूल्य सुची अनिवार्य राख्न अनुरोध गरियको लामिछानेले  बताउनुभयो।आज भएको अनुगमनमा ४० वटा साना ठुला होटल रेस्टुरेन्ट  अनुगमन गरियको नगर प्रशासन प्रमुख उमेश श्रेष्ठले थाहापाटिलाइ जानकारी दिनुभयो।अनुगमनमा थाहा नगर उद्योग बाणिज्य संघका प्रतिनिधि  ,थाहा नगरपालिका सामाजिक बिकास साखा प्रमुख अनिल लामिछाने ,योजना महासाखा प्रमुख अजित घिमिरे ,उपभोक्ता अधिकारकर्मी गणेशमान श्रेष्ठ ,प्रशासन प्रमुख उमेश श्रेष्ठ ,सञ्चारकर्मी शम्भु अधिकारी तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको रोहवरमा बजार अनुगमन गरियको थियो।अनुगमनमा किराना पसल,फेन्सी कस्मेटिक ,होटल,चिया नास्ता पसल ,मदिरा पसल ,तथा तरकारी ,मासुजन्य पसल हरुमा अनुगमन गरियको थियो।थाहा नगरका ब्याबसायिले नगरमा ब्यबसाय नवीकरण नगर्दा राजस्व संकलनमा उल्लेख्य ह्रास आएकोले ब्यबसाय अनिवार्य नवीकरण गर्न पहिलो चरणमा आग्रह गरियको र तोकियको समयमा नवीकरण नगरे जरिवाना गर्ने योजना महासाखा प्रमुख अजित घिमिरे ले बताउनुभयो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...