pani-1786865868.jpg
Tuesday, 29 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

थाहा नगरपालिका द्वारा आयोजित १५ दिने कफि मेकर तालिम सम्पन्न

FB_IMG_1742040609418-1742040645.jpg

युवा लक्षित सीप विकास तालिम अन्तर्गत थाहा नगरपालिका द्वारा सञ्चालन गरेकाे १५ दिने बरिस्ता (कफी) तालिम कार्यक्रम सम्पन्न भएकाे छ ।

शनिबार सयपत्री होटल ओखरबजारमा तालिम समापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले सिकेकाे सिपलाई व्यवहारमा उतारेर उद्ममी बनि आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । उनले प्रमाणपत्र सिरानीमुनी नराखी सीप सिकेकाहरुले नगरपालिका क्षेत्र भित्र व्यवसाय गरेमा थप सहयाेगका लागि थाहा नगरपालिकाले कार्यक्रम तय गर्ने बचन दिएका छन् ।
कार्यक्रममा सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले  सहभागिहरुले व्यवसायमा सक्रियता बढाएमा थप प्रशिक्षण आयाेजना गरि सिप परिक्षण गराउनसमेत सहयाेग गर्ने उद्घाेष गरेका छन् ।

थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले युवापुस्तामा बढ्दै गएको बेरोजगारी समस्यालाई ध्यानमा राखेर थाहा नगरपालिका द्वारा गरिएको कफि मेकर तालिम अर्थपूर्ण रहेको बताए।
कार्यक्रममा सहभागी हरुले तालिम अबधी कम भएको गुनासो गर्दै कम समयमा पनि धेरै कुरा सिक्न पाएकोमा प्रशिक्षक र आयोजकलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा तालिम अबधीभर उत्कृष्ट तालिमलिने ४ जना परिक्षार्थीहरु सुजन लामा,अमद तामाङ,अमिना स्याङ्तान र समिना माया तामाङलाई उत्कृष्ट प्रशिक्षार्थीको रुपमा सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो।
सहभागी हरुलाइ प्रमुख अतिथि नगर उपप्रमुख भरत गोपालीले प्रमाणपत्र प्रदान गरेका थिए।
थाहा नगरपालिका सामाजिक बिकास समिती सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा आर्थिक बिकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझी लगायतका उपस्तिथि रहेको थियो।

FB_IMG_1742040629668-1742040645.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...