pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरपालिका कोरोना कहरमा खाद्यान्नको लेखाजोखा गर्दै

thaha-municipality-1620985255.jpg

नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर चर्किँदै जाँदा मकवानपुरको थाहा नगरपालिकाले नगरभित्र रहेको खाद्यान्नको दैनिक लेखाजोखा शुरु गरेको छ । नगरपालिकाले बजारमा खाद्यान्नको सञ्चिति अवस्थाको प्रत्यक्ष अनुगमन गरी सोको विवरण दैनिक रुपमा प्रकाशनसमेत गर्न थालेको छ । 
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको र त्यसपछि पनि थपिने सम्भावना रहेकोले निकट भविष्यमा नगरको जनसङ्ख्यालाई धान्न सक्ने खाद्यान्नको लेखाजोखा शुरु गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । हाल थाहा नगरपालिकाको जनसङ्ख्या करिब ५० हजार रहेको छ । 
कोरोना संक्रमणका कारण थाहा नगरपालिकासहित मकवानपुरको चार स्थानीय तहमा निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामा खाद्यान्नसहित अत्यावश्यकीय सामान ढुवानी गर्न छुट दिइएको छ । तर, यही मौका छोपेर व्यापारीहरुले कालोबजारी गर्ने र कृत्रिम अभावको सिर्जना गर्न सक्ने देखेर बजारमा खाद्यान्नको अवस्थाबारे अनुगमन गरिएको नगर प्रमुख विष्टको भनाइ छ । 
हाल थाहा नगरपालिकाको मुख्य बजारमा चामल(सोना) १०९४ बोरा, चामल(जिरा)२१२८ बोरा, दाल(मास)५६ बोरा, दाल(मसुरो) १३० बोरा, तेल(तोरी) ५४ कार्टुन, तेल(भटमास) ३०८८ कार्टुन र चिनी ९९ बोरा रहेको थाहा नगरपालिकाले जनाएको छ । ‘अहिले बजारमा खाद्यान्नको अभाव छैन, किनेर खान नपाइने अवस्था आएमा नागरिकहरुले जुनसुकै बेला हामीलाई गनासो गर्न सक्छन् । हामी किन्ने ठाउँ देखाइदिन्छौं,’ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले भन्नुभयो । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...