pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरपालिकाले अग्रभागमा काम गर्ने ८ सय जनाको पिसिआर परीक्षण गर्ने

thah-1597648081.jpg

मकवानपुरको थाहा नगरपालिकाले नगरको अग्रभागमा खटिने ८ सय बढी व्यक्तिहरुको पिसिआर परीक्षण गर्ने भएको छ । काठमाण्डौं र हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यी दुबै ठाउँको बीचमा रहेको थाहा नगरपालिकालाई पिसिआर परीक्षणको दायरा बढाउन दवाब बढेको छ ।

थाहा नगरमा हालसम्म १० जनामा कोरोना संक्रमित भेटिएकोमा ७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३ जना उपचारको क्रममा आइसोलेसनमा छन् । पछिल्लो पटक भारतको मोतिहारीबाट आएको एक जनामा कोरोना संक्रमित भेटिएको र कन्ट्याक्ट ट्रेसिङ गर्दा कम्तिमा १७ जनासँग सम्पर्कमा रहेको पाइएपछि नगरमा त्रास बढेको छ । स्थानीय सरकार, प्रशासन, पालुङ जेसीज, थाहा नगर उद्योग वाणिज्य संघ, लायन्स क्लब, बजार व्यवस्थापन समिति लगायतले मास्क, सेनिटाइजर, पञ्जा आदिको प्रयोग गर्न पटक पटक अनुरोध गरे पनि कार्यालय र पसलहरुमा समेत लागू भएको पाइएको छैन ।

सुरक्षाको उपाय नअपनाउने र सामाजिक दूरी कायम नगर्ने, नगराउनेलाई कारबाहीको प्रक्रिया थाल्ने तयारीसँगै नगरका अग्रभागमा काम गर्ने व्यक्तिहरुको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिन लागेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । १२ वटा वडा रहेको नगरपालिकाले अहिले प्रत्येक वडामा करिब ७० जनाको पिसिआर परीक्षण गर्न लागेको नगरप्रमुख विष्टले जानकारी दिनुभयो । घर बाहिर निस्किरहने, फिल्डमा काम गर्ने, भीडभाड र समूहमा काम गर्ने लगायत अग्रभागमा काम गर्ने ७० जनासम्मको सूची नगरपालिका कार्यालयमा पेश गर्न नगरपालिकाले सबै वडाहरुलाई पत्राचार गरिसकेको छ । नगर प्रमुखका अनुसार बैंक, वित्तीय संस्था, सहकारी, विद्यालय, नापी, मालपोत, संचार गृह, विद्युत प्राधिकरण, प्रहरी कार्यालय, संघसंस्था आदिमा काम गर्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर पिसिआर परीक्षण गरिनेछ । यही क्रममा जनप्रतिनिधिहरुको समेत पिसिआर परीक्षण गरिनेछ ।

दैनिक रुपमा स्थानीय पसलहरुमा भीडभाड बढ्दै गएकाले औषधि, खाद्यान्न, सैलुन, व्युटिपार्लर, किराना, सागसब्जी लगायतका पसलमा कार्यरत व्यक्तिहरुको पनि पिसिआर परीक्षण गर्न लागिएको नगरपालिकाले जनाएको छ । थाहा नगरपालिकामा हालसम्म ३ सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैभन्दा बढी वडा नं. ३ मा १ सय १७ जनाको परीक्षण गरिएको छ । यसअघि कोरोना संक्रमण हुनसक्ने शङ्काको आधारमा नगर र जिल्ला बाहिरबाट आएका व्यक्तिहरुमा पिसिआर परीक्षण गरिएको भए पनि अब अग्रभागमा काम गर्ने सबैको पिसिआर परीक्षण गरिने भएको हो ।

यसले नगरमा समुदायमा कोरोना फैलन सक्ने सम्भावनाको आँकलन गर्न सजिलो हुने पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले बताउनु भयो । थाहा नगरपालिकाको कोभिड–१९ नियन्त्रण सचिवालयमा अहिले पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग गरिने भिटिएम तीन सयवटा मौज्दात छ । तत्कालै एक गैरसकारी संस्थाले थप एक हजार भिटिएम उपलब्ध गराउन लागेको नगर पालिकाका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले बताउनु भयो । थाहा नगरपालिकामा पिसिआर परीक्षण गर्ने प्रयोगशाला नभएकोले स्वाब संकलन गरेर हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रयोगशालामा पठाउने गरिएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...