Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न 

65460411_387769878518480_-1561465823.jpg

मनोज तितुङ,
 मकवानपुर, थाहा नगरपालिका वडा नं. ३ अवस्थित विकास घरमा १० असारमा  भएको पाँचौं नगरसभामा पेश भएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गरेको नगर कार्यपालिकाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

नगरसभा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको सभाध्यक्षतामा भएको सभाले कृषि र पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई आफ्नो निती तथा कार्यक्रममा प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७६र०७७ को लागि ७१ करोड ४१ लाख ७१  हजार बरारबको बजेट पनि पेश गरेको छ । विषय गत कार्यालयहरु तर्फ १८ करोड ८९ लाख,, आन्तरिक श्रोत  तर्फ ३ करोड ९५ लाख ६० हजार,, राजस्व बाडफाड तर्फ १४ करोड ८२ लाख ६ हजार, अन्य आय तर्फ १ करोड, बित्तिय समानिकरण अनुदान १४ करोड २४ लाख १० हजार र सामाजिक सुरक्षा भत्ता १० करोड रुपैयाँ  समाबेस गरिएको छ । जसमा कुल चालू तर्फ  ६ करोड ८५ लाख ६८ हजार, पुजिगत तर्फ ३५ करोड ३६ लाख ६२ हजार बिनियोजित बजेट पेश गरिएको हो । बजेट थाहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा नीति तथा कार्यक्रम  संयोजक शशिधर सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।
 

कार्यक्रममा पुर्वाधार विकास तर्फ थाहा न्यु सिटि निर्माण, चिल्ड्रेन पार्क निर्माण, आर्थिक विकास तर्फ नगरको कुनै एक गाउँलाई वातावरण अनुकुलन गाउँको रुपमा छनौट गरि कृषि कार्यक्रम गर्ने,नयाँ सडकको ट्रयाक ओपन नगर्ने, शीत भण्डार निर्माण, थाहा ६ लाई गाइ र थाहा ७,८,११ र १२ लाई बाख्रा पलनको पकेट क्षेत्रको रुपमा विकास, औद्योगिक ग्राम स्थापनाको कार्य प्रारम्भ, दामन, डाँडावास र बाराही डाँडालाई पिकनिक स्पटको रुपमा विकास, नगर प्रहरीको व्यवस्था, सहकारी सञ्जाल गठन, सहकारी रिपोर्टिङ प्रणलीलाई अन्लाइनमा विकास, वातावरण तथा विपद व्यवस्थापन तर्फ ३ वर्ष भित्र नगरलाई वातावरण मैत्री घोषणा, फोहोरबाट मोहोर कार्यक्रम,  सामाजिक विकास तर्फ कक्षा ५ र ८ को परिक्षा नगर स्तरिय गर्ने, एक विद्यालय एक नर्स कार्यक्रम, शिक्षक बैंकको व्यवस्था, प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैयामा स्तर बृद्धि, ३ वर्ष भित्र नगरलाई जिरो होम डेलिभरी घोषणा, कुपोषण मुक्त वडा घोषणा, घुम्ति ग्रामिण भिडियो सेवा प्रदान, ३ वर्ष भित्रमा नगरका सवै ठाउँमा स्वच्छ पिउने पानीको व्यवस्था, अनिवार्य व्यवसाय सञ्चालन गर्ने गरी तालिम, १ वर्ष भित्र निकृष्ट बालश्रम मुक्त नगर घोषणा तथा २ वर्ष भित्र बाल विवाह मुक्त नगर घोषणा, र संस्थागत विकास तर्फ वडा र नगरपालिका कार्यालयमा वडापत्र राख्ने,  वडाका पदाधिकारीहरुको अनिवार्य कार्य विभाजन  लगाएतको योजना प्रस्तुत गरेका थियो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...