gumba-1715660528.jpg
Monday, 20 May, 2024
समाचार

थाहा नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न 

65460411_387769878518480_-1561465823.jpg

मनोज तितुङ,
 मकवानपुर, थाहा नगरपालिका वडा नं. ३ अवस्थित विकास घरमा १० असारमा  भएको पाँचौं नगरसभामा पेश भएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गरेको नगर कार्यपालिकाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

नगरसभा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीको सभाध्यक्षतामा भएको सभाले कृषि र पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई आफ्नो निती तथा कार्यक्रममा प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७६र०७७ को लागि ७१ करोड ४१ लाख ७१  हजार बरारबको बजेट पनि पेश गरेको छ । विषय गत कार्यालयहरु तर्फ १८ करोड ८९ लाख,, आन्तरिक श्रोत  तर्फ ३ करोड ९५ लाख ६० हजार,, राजस्व बाडफाड तर्फ १४ करोड ८२ लाख ६ हजार, अन्य आय तर्फ १ करोड, बित्तिय समानिकरण अनुदान १४ करोड २४ लाख १० हजार र सामाजिक सुरक्षा भत्ता १० करोड रुपैयाँ  समाबेस गरिएको छ । जसमा कुल चालू तर्फ  ६ करोड ८५ लाख ६८ हजार, पुजिगत तर्फ ३५ करोड ३६ लाख ६२ हजार बिनियोजित बजेट पेश गरिएको हो । बजेट थाहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा नीति तथा कार्यक्रम  संयोजक शशिधर सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।
 

कार्यक्रममा पुर्वाधार विकास तर्फ थाहा न्यु सिटि निर्माण, चिल्ड्रेन पार्क निर्माण, आर्थिक विकास तर्फ नगरको कुनै एक गाउँलाई वातावरण अनुकुलन गाउँको रुपमा छनौट गरि कृषि कार्यक्रम गर्ने,नयाँ सडकको ट्रयाक ओपन नगर्ने, शीत भण्डार निर्माण, थाहा ६ लाई गाइ र थाहा ७,८,११ र १२ लाई बाख्रा पलनको पकेट क्षेत्रको रुपमा विकास, औद्योगिक ग्राम स्थापनाको कार्य प्रारम्भ, दामन, डाँडावास र बाराही डाँडालाई पिकनिक स्पटको रुपमा विकास, नगर प्रहरीको व्यवस्था, सहकारी सञ्जाल गठन, सहकारी रिपोर्टिङ प्रणलीलाई अन्लाइनमा विकास, वातावरण तथा विपद व्यवस्थापन तर्फ ३ वर्ष भित्र नगरलाई वातावरण मैत्री घोषणा, फोहोरबाट मोहोर कार्यक्रम,  सामाजिक विकास तर्फ कक्षा ५ र ८ को परिक्षा नगर स्तरिय गर्ने, एक विद्यालय एक नर्स कार्यक्रम, शिक्षक बैंकको व्यवस्था, प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ सैयामा स्तर बृद्धि, ३ वर्ष भित्र नगरलाई जिरो होम डेलिभरी घोषणा, कुपोषण मुक्त वडा घोषणा, घुम्ति ग्रामिण भिडियो सेवा प्रदान, ३ वर्ष भित्रमा नगरका सवै ठाउँमा स्वच्छ पिउने पानीको व्यवस्था, अनिवार्य व्यवसाय सञ्चालन गर्ने गरी तालिम, १ वर्ष भित्र निकृष्ट बालश्रम मुक्त नगर घोषणा तथा २ वर्ष भित्र बाल विवाह मुक्त नगर घोषणा, र संस्थागत विकास तर्फ वडा र नगरपालिका कार्यालयमा वडापत्र राख्ने,  वडाका पदाधिकारीहरुको अनिवार्य कार्य विभाजन  लगाएतको योजना प्रस्तुत गरेका थियो । 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...