pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरपालिकाको न्यायीक समिति द्वारा १२ वटै वडामा सचेतना प्रदान

1712806456219-1712806633.jpg

थाहा नगरपालिका न्यायिक समितिले न्यायिक सचेतना कार्यक्रम नगरका सम्पुर्ण १२ वटै वडामा प्रदान गरेको छ ।

थाहा नगरपालिकाका न्यायिक समितिका संयोजक एवं उप प्रमुख भरत गोपालीले समाजलाई सुसंस्कृत र शान्त बनाउन वडाका हरेक व्यक्तिलाई न्यायिक विषयमा जानकारी गराउने हिसाबले कार्यक्रमको गरिएको बताउनुभयो ।थाहा नगरपालिकाका १२ वटै वडामा न्यायिक सचेतना प्रदान गर्ने हेतुले कार्यक्रमको संचालन गरेको हो । 


थाहा २ का वडा अध्यक्ष तथा न्यायीक समिती सदस्य बम बहादुर सिन्तानले वडामा हुने स–साना विवादले पनि समाजमा विचल आएको बताउँदै यसलाई स्थानीय तहमा नै  मिलाउनु पर्छ भन्ने उद्देश्यले न्यायीक समिति गठन भएको र त्यसै अनुरुप काम भएको बताउनुभयो । 

त्यस्तै थाहा नगरपालिकाका कार्यपालिका सदस्य तथा न्यायिक समिती सदस्य समेत रहेकी अनिता बलले समाजमा हुने कस्ता–कस्ता बिषय न्यायीक समितिले हेर्छ । त्यसमा नागरिकले कसरी सहभागीता जनाउन सक्छन् भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो । यसमा टोल विकास संस्थाको समेत महत्वपूर्ण भूमिका हुने उहाँको भनाई छ । 
कार्यक्रममा मेलमिलापको अवधारणा, सैद्धान्तिक ज्ञान, फाइदा–बेफाइदा, न्यायिक समितिको काम कर्तव्य र अधिकार, न्यायिक निरुपण सम्बन्धि कार्यक्षेत्र,मेलमिलापकर्ताको भुमिका,गठन प्रक्रिया  लगायत ऐनका विषयमा जानकारी गराइएको  न्यायीक समिती सहजकर्ता गोपी कार्कीले जानकारी दिनुभयो।
यो बर्ष थाहामा अहिले सम्म ४२ वटा उजुरी परेकोमा ३२ वटा उजुरी लाई मेलमिलाप बाट हल गरिएको र ३ वटा उजुरीलाई अदालत समक्ष पठाइएको र ७ वटा उजुरीमाथी सुनुवाइ हुन बाकी रहेको सहजकर्ता कार्कीले जानकारी दिनुभयो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।
संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने र सो बमोजिमको न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था समेत छ ।

 

1712806459925-1712806634.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...