Tuesday, 30 Apr, 2024
थाहा नगर

थाहा नगरपालिकाको न्यायीक समिति द्वारा १२ वटै वडामा सचेतना प्रदान

1712806456219-1712806633.jpg

थाहा नगरपालिका न्यायिक समितिले न्यायिक सचेतना कार्यक्रम नगरका सम्पुर्ण १२ वटै वडामा प्रदान गरेको छ ।

थाहा नगरपालिकाका न्यायिक समितिका संयोजक एवं उप प्रमुख भरत गोपालीले समाजलाई सुसंस्कृत र शान्त बनाउन वडाका हरेक व्यक्तिलाई न्यायिक विषयमा जानकारी गराउने हिसाबले कार्यक्रमको गरिएको बताउनुभयो ।थाहा नगरपालिकाका १२ वटै वडामा न्यायिक सचेतना प्रदान गर्ने हेतुले कार्यक्रमको संचालन गरेको हो । 


थाहा २ का वडा अध्यक्ष तथा न्यायीक समिती सदस्य बम बहादुर सिन्तानले वडामा हुने स–साना विवादले पनि समाजमा विचल आएको बताउँदै यसलाई स्थानीय तहमा नै  मिलाउनु पर्छ भन्ने उद्देश्यले न्यायीक समिति गठन भएको र त्यसै अनुरुप काम भएको बताउनुभयो । 

त्यस्तै थाहा नगरपालिकाका कार्यपालिका सदस्य तथा न्यायिक समिती सदस्य समेत रहेकी अनिता बलले समाजमा हुने कस्ता–कस्ता बिषय न्यायीक समितिले हेर्छ । त्यसमा नागरिकले कसरी सहभागीता जनाउन सक्छन् भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको बताउनुभयो । यसमा टोल विकास संस्थाको समेत महत्वपूर्ण भूमिका हुने उहाँको भनाई छ । 
कार्यक्रममा मेलमिलापको अवधारणा, सैद्धान्तिक ज्ञान, फाइदा–बेफाइदा, न्यायिक समितिको काम कर्तव्य र अधिकार, न्यायिक निरुपण सम्बन्धि कार्यक्षेत्र,मेलमिलापकर्ताको भुमिका,गठन प्रक्रिया  लगायत ऐनका विषयमा जानकारी गराइएको  न्यायीक समिती सहजकर्ता गोपी कार्कीले जानकारी दिनुभयो।
यो बर्ष थाहामा अहिले सम्म ४२ वटा उजुरी परेकोमा ३२ वटा उजुरी लाई मेलमिलाप बाट हल गरिएको र ३ वटा उजुरीलाई अदालत समक्ष पठाइएको र ७ वटा उजुरीमाथी सुनुवाइ हुन बाकी रहेको सहजकर्ता कार्कीले जानकारी दिनुभयो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।
संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने र सो बमोजिमको न्यायिक समितिमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका दुईजना सदस्य रहने व्यवस्था समेत छ ।

 

1712806459925-1712806634.jpg

world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...