pani-1786865868.jpg
Tuesday, 18 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहा नगरको नीति तथा कार्यक्रम प्रति स्थानिय राजनैतिक दलको मिश्रित प्रतिक्रिया

Untitled-1-1624590527.jpg

थाहा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ ।
नगरको नवौ नगरसभामा उपप्रमुख खडग बहादुर गोपालीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि  ९५ करोड ६४ लाख ३२ हजार रूपैया बराबरको बजेट प्रस्तुत गर्नु भएको हो ।
जसमध्ये चालु खर्च तर्फ ८ करोड ५७ लाख ४५ हजार, पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्त तर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सुरक्षा तर्फ १२ करोड खर्च अनुमान गरिएको छ ।

थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रमको सन्दर्भमा राजनैतिक दलको धारणा भने मिश्रित आएको छ ।


थाहापाटीसँगको कुराकानीमा नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष अरुण रायमाझीले समग्रमा नीति तथा कार्यक्रम राम्रो भएको बताउनुएको छ । 
निर्वाचानका समयमा जनता सँग गरेका प्रतिवद्धता अनुसार थाहा नगरपालिकामा विकासका कामले गति लिएको र त्यसको पुर्णताका लागि यस वर्षको कार्यक्रमले समेट्ने बताउनु भयो । कार्यक्रममा के छ छैन भन्दा पनि यसको सकारात्मक कार्यान्यन भए ‘कृषि, पर्यटन र पुर्वाधार, थाहा नगरको विकासको आधार’ भन्ने नारा पुर्णता पाउने वताउनु भयो । 


नेकपा एमाले थाहा नगर सचिब कुमार नेगीले थाहानगरको आगामि बर्षको नीति तथा कार्यक्रम बस्तुनिष्ट नजिक रहेको, पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको बताउनुभयो । पुरानै कार्यक्रमको निरन्तरतामात्र हुँदा कार्यक्रम तथा बजेटले खासै उत्साहित नबनाएको भन्दै केन्द्र र प्रदेशमुखि बजेटको कार्यान्वयनमा शंका रहेको बताउनुभयो ।


नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले कार्यक्रममा आफ्नो दलको तर्फबाट दिएको सुझावहरु धेरैजसो समाबेस भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले समग्रमा नीति तथा कार्यक्रम राम्रो भएकाले कार्यान्वयनमा सकारात्मक सहयोग गर्ने  बताउनुभयो ।


जनता समाजवादी पार्टी बागमति प्रदेश कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठले बजेट जनमुखी भन्दापनि चुनाबमुखी रहेको बताउनुभयो । उहाँले प्राकृतिक श्रोत दोहोन नियन्त्रण बारे नीति कार्यक्रम समेटिनु पर्नेमा नसमेटिनुले नगरको प्राकृतिक श्रोत दोहोन नियन्त्रणमा नगरको चासो नदेखिएको प्रस्ट भएकाले त्यसको दीर्घकालिन असर पर्नेमा चिन्ता व्यक्त गर्नुभयो । कृषि पर्यटनको विकास गरेर समुद्ध नगर बनाउने नारा नारामा मात्र सिमित भएको त्यसलाई बजेटले सम्बोधन गर्न नसकेको पनि बताउनु भयो । 


बिवेकशिल साझा पार्टीका थाहा नगर अध्यक्ष माधब कार्कीले नीति तथा कार्यक्रममा कृषि र पर्यटनमा भन्दा पनि सडक निर्माणमा बजेट केन्द्रित रहेकाले खासै नयाँ कुरा आउन नसकेको बताउनुभयो । उहाँले समग्रमा कार्यक्रम राम्रै भएको बताउनुभयो । साथै बजेटको प्रभावकारी कार्यान्वयनका लागि पनि अनुरोध गर्नुभयो ।


राप्रपा नेपाल थाहा नगर अध्यक्ष नबिन रायमाझीले युवा स्वरोजगार र पर्यटनको विषयमा स्पष्ट कार्यक्रम नाअए पनि समग्रमा कार्यक्रम राम्रो भएको बताउनुभयो ।
 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...