Monday, 29 Apr, 2024
"थाहा"

थाहा दर्शनलाई पालुङले फैल्याउनु पर्नेमा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीको जोड

राष्ट्रिय सभाका संसद तथा नेकपाका नेता राम नारायण बिडारीले रुपचन्द्रको आवरणको बर्णन गर्नु भन्दा रुपचन्द्रलाई अध्ययन गर्न आग्रह गर्नु भएको छ ।  विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाको वार्षिक उत्सवको अवसरमा हिजो थाहा नगरपालिकाको शिखरकोटमा भएको रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता विडारीले अहिलेका पुस्ताले रुपचन्द्रलाई अध्ययन गरि उहाँको दर्शनलाई अनुसरण गर्नुपर्ने बताउनु भयो ।  पदमा बस्नेले शत्ता र सक्तीको दुरुपयोग गरे देश विग्रन्छ भन्ने रुपचन्द्र विष्टको  उहिले भनाई के.पी. ओली सरकारको     अहिलेको काम सँग मिलेको भन्दै विडारीले सरकारको काम जनविरोधी रहेको पनि बताउनु भयो । रुपचन्द्र विष्टको आदर्शलाई अन्यत्र तोड मोड गरे पनि पालुङले जे हो त्यही मात्र भन्नु र बुझाउनु पर्ने बताउनु भयो । 

रुपचन्द्र विष्ट दिंवंगत भएको दिन आसार ७ गते थाहा नगर बिदा दिनु पर्ने धाराण राख्दै बिडारीले थाहा दर्शनलाई पाठ्यक्रममा समावेश गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले रुपचन्द्र विष्टको जीवनी तथा थाहा दर्शनलाई पाठ्यक्रममा समावेश गर्ने प्रक्रिया अगाडी बढाईसकेको बताउनु भयो । रुपचन्द्र विष्टको दर्शन र थाहा फैल्याउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै अरुणराज सुमाभर्गीले रुपचन्द्र विष्टको दर्शन भौतिक विज्ञान सँग  जाड्दै उहाँको जिवन दर्शन बारे चर्चा गर्नु भएको थियो । 

कार्यक्रममा थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली सहित जनप्रतिनिधी राजनितिक दलका नेता कार्यकर्ता ताथ थाहा अभियानका अभियानताहरुको सहभागिता थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...