pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा एक्ससीएम च्यालेन्ज र थाहा अल्ट्रा रनको प्रस्ताव सार्वजनिक

ultra5-1702309950.jpg

 

मकवानपुरको थाहा नगरपालिकाका अधिकांश वडाहरु र इन्द्रसरोवर गाउँपालिकालाई समेत समेटेर थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रन प्रतियोगिता आयोजना गरिने प्रस्ताव सार्वजनिक गरिएको छ । थाहा नगरपालिकाको शिखर क्लबले पाइनस होटलदमा २५ मंसिरमा अन्तरक्रिया तथा पत्रकार सम्मेलनको आयोजना गरी प्रस्ताव सार्वजनिक गरेको हो ।

थाहा अभियान्ता रुपचन्द्र विष्टको जन्म स्थानको चिनारीसहित प्रमुख पर्यटकीय स्थलको परिचय गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । थाहानगरमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मकवानपुरकै ठूलो र पहिलो प्रतियोगिताको रुपमा थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रनको आयोजना गर्ने क्लबका अध्यक्ष अर्यालले जानकारी गराएका थिए । प्रतियोगिताको लागि आयोजक शिखर क्लबले आधारभूत म्यापिङको काम समेत गरिसकेको जानकारी गराएको छ । करिब ६० किलोमीटर दुरी रहने थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रनमा स्थानीय, स्वदेशी तथा विदेशी खेलाडीहरुको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।

कृतिमानी धावक बैकुण्ठ मानन्धरको विशेष उपस्थितीमा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, एथ्लेटिक्स परिवारका अध्यक्ष राजन खत्री, प्रो स्पोर्टसका सञ्चालक रविन्द्र थापा, नेपाल साइक्लिङ संघका महासचिव रञ्जनराज भण्डारी, सदस्य देवेन्द्र बस्न्यातको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा शिखर क्लबले आयोजना गर्ने गरी तयारी थालिएको थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रनको विषयमा अतिथीहरुले सुझाव दिएका थिए । कृतिमानी धावक मानन्धरले खेलकुदसंगै यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने कार्यक्रमका लागि सबै पक्ष मिलेर सफल बनाउनुपर्ने उल्लेख गरे । उनले आफूहरुको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । एथ्लेटिकक्स परिवारका अध्यक्ष राजन खत्रीले क्लबको तयारी निकै अघि बढिसकेकोले यस कार्यमा सहयोग सबैबाट भई सफल पार्न अघि सर्नुपर्ने बताए । अन्य अतिथीहरुले पनि थाहाका लागि सुहाउँदो प्रतियोगिता भएकोले पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने यस किसिमको खेलकुदलाई प्रचारप्रसार गरी आयोजना गर्नुपर्ने सुझाएका थिए ।

अन्तरक्रिया तथा पत्रकार सम्मेलनका अवसरमा प्रतियोगिताप्रति सकारात्मक हुँदै थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले पालिकाको ध्येय नै पर्यटन प्रवद्र्धन गर्ने पनि भएकोले यस किसीमको प्रतियोगिताहरु आयोजनाका सबै पक्ष एकजुट हुनुपर्ने बताए । प्रमुख विष्टले थाहानगर भन्दा बाहिर बस्नेहरुपनि यसका लागि सकारात्मक भई सफल पार्न लाग्नुपर्ने बताए । प्रचार प्रसारका लागि हेटौंडा, काठमाण्डौंमा पनि विभिन्न विज्ञहरु र विषयगत पत्रकारहरुसंग छलफल गर्नुपर्ने उनको धारणा रहेको थियो । ठूलो कार्यक्रमहरु आयोजना गर्दा विभिन्न बाधा व्यवधानहरु पनि आइपर्ने बताउँदै नगर उपप्रमुख भरत गोपालीले त्यसलाई चिर्न सबै एकजुट हुन आवश्यक रहेको बताए । गोपालीले खेलकै माध्यमबाट पर्यटक भित्र्याउन सकिने हुँदा योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए । उनले एक पटकको लागानी मात्र नभई नियमितता कसरी दिन सकिन्छ भन्ने कुराको पनि पहिल्यै योजना बनाउन सके यस किसिमको प्रतियोगिताहरु दीगो हुने सुझाव दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामा, नेपाल उद्योग वाणिज्य संघका बागमती प्रदेश सदस्य कविराज खत्री, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुर्षोत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यबहाक अध्यक्ष अरुण रायमाझी, थाहा होटल एशोसिएसनका अध्यक्ष शिवकुमार खत्री, जनकल्यण माविकास अध्यक्ष राजीव कुमार स्याङ्तान, थाहानगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, कुमार नेगीलगायतले सुझाव दिएका थिए । अन्तरक्रिया तथा पत्रकार सम्मेलनका स्थानीय संघसंस्थाका प्रतिनीधिहरु, होटल तथा पर्यटन व्यवसायीहरु, खेलाडी तथा खेलप्रेमीहरुलगायतकाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...