pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहा एक्ससीएम च्यालेन्ज र थाहा अल्ट्रा रनको प्रस्ताव सार्वजनिक

ultra5-1702309950.jpg

 

मकवानपुरको थाहा नगरपालिकाका अधिकांश वडाहरु र इन्द्रसरोवर गाउँपालिकालाई समेत समेटेर थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रन प्रतियोगिता आयोजना गरिने प्रस्ताव सार्वजनिक गरिएको छ । थाहा नगरपालिकाको शिखर क्लबले पाइनस होटलदमा २५ मंसिरमा अन्तरक्रिया तथा पत्रकार सम्मेलनको आयोजना गरी प्रस्ताव सार्वजनिक गरेको हो ।

थाहा अभियान्ता रुपचन्द्र विष्टको जन्म स्थानको चिनारीसहित प्रमुख पर्यटकीय स्थलको परिचय गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । थाहानगरमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मकवानपुरकै ठूलो र पहिलो प्रतियोगिताको रुपमा थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रनको आयोजना गर्ने क्लबका अध्यक्ष अर्यालले जानकारी गराएका थिए । प्रतियोगिताको लागि आयोजक शिखर क्लबले आधारभूत म्यापिङको काम समेत गरिसकेको जानकारी गराएको छ । करिब ६० किलोमीटर दुरी रहने थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रनमा स्थानीय, स्वदेशी तथा विदेशी खेलाडीहरुको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।

कृतिमानी धावक बैकुण्ठ मानन्धरको विशेष उपस्थितीमा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, एथ्लेटिक्स परिवारका अध्यक्ष राजन खत्री, प्रो स्पोर्टसका सञ्चालक रविन्द्र थापा, नेपाल साइक्लिङ संघका महासचिव रञ्जनराज भण्डारी, सदस्य देवेन्द्र बस्न्यातको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा शिखर क्लबले आयोजना गर्ने गरी तयारी थालिएको थाहा एक्स.सी.एम. च्यालेन्ज र थााह अल्ट्रा रनको विषयमा अतिथीहरुले सुझाव दिएका थिए । कृतिमानी धावक मानन्धरले खेलकुदसंगै यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने कार्यक्रमका लागि सबै पक्ष मिलेर सफल बनाउनुपर्ने उल्लेख गरे । उनले आफूहरुको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । एथ्लेटिकक्स परिवारका अध्यक्ष राजन खत्रीले क्लबको तयारी निकै अघि बढिसकेकोले यस कार्यमा सहयोग सबैबाट भई सफल पार्न अघि सर्नुपर्ने बताए । अन्य अतिथीहरुले पनि थाहाका लागि सुहाउँदो प्रतियोगिता भएकोले पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने यस किसिमको खेलकुदलाई प्रचारप्रसार गरी आयोजना गर्नुपर्ने सुझाएका थिए ।

अन्तरक्रिया तथा पत्रकार सम्मेलनका अवसरमा प्रतियोगिताप्रति सकारात्मक हुँदै थाहा नगरपालिका प्रमुख विष्णु बहादुर विष्टले पालिकाको ध्येय नै पर्यटन प्रवद्र्धन गर्ने पनि भएकोले यस किसीमको प्रतियोगिताहरु आयोजनाका सबै पक्ष एकजुट हुनुपर्ने बताए । प्रमुख विष्टले थाहानगर भन्दा बाहिर बस्नेहरुपनि यसका लागि सकारात्मक भई सफल पार्न लाग्नुपर्ने बताए । प्रचार प्रसारका लागि हेटौंडा, काठमाण्डौंमा पनि विभिन्न विज्ञहरु र विषयगत पत्रकारहरुसंग छलफल गर्नुपर्ने उनको धारणा रहेको थियो । ठूलो कार्यक्रमहरु आयोजना गर्दा विभिन्न बाधा व्यवधानहरु पनि आइपर्ने बताउँदै नगर उपप्रमुख भरत गोपालीले त्यसलाई चिर्न सबै एकजुट हुन आवश्यक रहेको बताए । गोपालीले खेलकै माध्यमबाट पर्यटक भित्र्याउन सकिने हुँदा योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए । उनले एक पटकको लागानी मात्र नभई नियमितता कसरी दिन सकिन्छ भन्ने कुराको पनि पहिल्यै योजना बनाउन सके यस किसिमको प्रतियोगिताहरु दीगो हुने सुझाव दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामा, नेपाल उद्योग वाणिज्य संघका बागमती प्रदेश सदस्य कविराज खत्री, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुर्षोत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका कार्यबहाक अध्यक्ष अरुण रायमाझी, थाहा होटल एशोसिएसनका अध्यक्ष शिवकुमार खत्री, जनकल्यण माविकास अध्यक्ष राजीव कुमार स्याङ्तान, थाहानगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, कुमार नेगीलगायतले सुझाव दिएका थिए । अन्तरक्रिया तथा पत्रकार सम्मेलनका स्थानीय संघसंस्थाका प्रतिनीधिहरु, होटल तथा पर्यटन व्यवसायीहरु, खेलाडी तथा खेलप्रेमीहरुलगायतकाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg