Friday, 03 May, 2024
समाचार

'थाहा उत्कृष्ट छ, अझै उत्कृष्ट बनाउन लागाैँ'

IMG_20201204_071932-1607046113.jpg

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले थाहा नगरपालिकाले मकवानपुर जिल्लामै स्थानीय तहहरु मध्ये उत्कृष्ट कार्य गर्ने गरेको स्मरण गर्दै प्रंशंसा गरेका छन् । प्रमुख खुलालले थाहा नगरपालिकाको प्रथम चौमासिक अनुगमनको क्रममा यस्तो बताएका हुन् । “थाहा नगरले गर्ने उत्कृष्टताहरुलाई पनि थप व्यवस्थित भने गर्न आवश्यक छ”, थप सुझाव दिदै प्रमुख खुलालले भने-“नगरपालिकाको समग्र विकासका लागि आर्थिक र सामाजिक विकास, नागरिकलाई स्वरोजगार तथा आर्थिक रुपमा सम्पन्न हुने खालका कार्यक्रम सञ्चालन तर्फ थप ध्यान दिनूपर्छ ।”  यसका लागि पर्यटन विकासको प्रचुर संभावना रहेको थाहा नगरपालिकाले त्यसतर्फ थप ध्यान दिन आवश्यक रहेको प्रमुख खुलालले सुझाए । 

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको टोलीले १८ मंसिरमा जिल्लाको थाहा नगरपालिकाको अनुगमन गरेको हो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा रहेको टोलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगतिका बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरेको थियो ।  

टोलीले चालु आर्थिक वर्षमा स्थानीय तहहरुमा गर्नुपर्ने कामहरु सम्पन्न भए/नभएको साथै अघिललो आर्थिक वर्षमा आइपरेका समस्याका बारेमा जानकारी लिएको छ । आर्थिक वर्षको पहिलो चौमासिकमा लागत इस्टिमेट तयार, उपभोक्ता समिति गठन, सम्झौता प्रकृया लगायतको कार्य  भए/नभएको बारेमा अनुगमन गर्नुका साथै समिक्षा गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए । 

अनुगमन टोलीलाई थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्ट र प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले हालसम्मको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयन तालिका तयारी गरी सोही बमोजिमका कामहरु भैरहेको जानकारी दिए । उनले असारे विकासको परिपाटिलाई अन्त्य गर्ने गरि योजना कार्यान्वयन तालिका बनाइएको पनि बताए ।

यस्तै प्रमुख प्रशासकिय अधिकृत पुरीले विश्व महामारीकै रुपमा रहेको कोभिड-१९ का बाबजुद पनि पहिलो चौमासिकमा करिब २० प्रतिशत वित्तिय प्रगति भएको र नगरपालिकाको योजना अनुसार समयमै कार्य सम्पन्न गर्ने गरि काम अगाडी बढाईएको बताए । 

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, चित्रबहादुर बलामी, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, थाहा ३ वडा वडा ध्यक्ष राजेश केसी, वडा नम्बर ६ का शशीधर सुवेदी, वडा नम्बर १० का हिराबहादुर गमाल, कार्यपालिका सदस्य कविता कार्कीलगायत थाहा नगरपालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिती थियो । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...