pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा–७ मा नयाँ वडा कार्यालय उद्घाटन, ‘यो जनताको घर हो’ : मुख्यमन्त्री बानियाँ”

InShot_20251202_200402876-1764685199.jpg

थाहा नगरपालिका–७, मकवानपुर ।
थाहा नगरपालिका वडा नं. ७ मा निर्मित नयाँ वडा कार्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले “गाउँ–गाउँमा वडा कार्यालय बन्नु गणतन्त्रको प्रत्यक्ष उपलब्धि हो” भन्दै यसले जनताको पहुँचमा सरकारलाई पुर्‍याएको बताए।
मुख्यमन्त्री बानियाँले वडा कार्यालयलाई “आम जनताको घर” को रूपमा परिभाषित गर्दै कार्यालयको भवन जति सुन्दर र मजबुत बन्दै गएको छ, त्यसैगरी अब आम नागरिकको घर पनि राम्रो बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सह–लगानी र सहकार्यका कार्यक्रम अघि बढाउन आफूहरू तयार रहेको बताए।
यस्तै, थाहा नगरपालिकाको क्षमता र सम्भावनालाई विशेष रूपमा उल्लेख गर्दै उनले कृषि र पर्यटनलाई प्राथमिकता दिएर प्रदेश सरकारले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। “इन्द्रसरोबरको कुलेखानी क्षेत्र र थाहा नगरलाई जोडेर बागमती प्रदेशकै पर्यापर्यटनको ठूलो योजना ल्याउँदैछौँ” भन्दै उनले प्रदेशकै पर्यटन विस्तारमा थाहा नगर महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरे।
गणतन्त्र र संघीयताबारे विभिन्न भ्रम फैलाइएका प्रसंगमा मुख्यमन्त्री बानियाँले, “व्यवस्थामाथि भ्रामक प्रचार भइरहे पनि केही कमजोरीहरू हाम्रो पनि छन्, तर यो व्यवस्थाले राम्रो नलागे नेता नै बदल्न सकिने सर्वश्रेष्ठ अधिकार जनतामा दिएको छ” भन्दै जनताको शक्तिलाई नै गणतन्त्रको मूल सार भएको बताए।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले भवनले पूर्णता पाएसँगै सेवाग्राहीले बढी सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। थाहा नगरप्रमुख बिष्णु बिष्टले जनप्रतिनिधिहरूको अथक खटाइका कारण काम समयमै सम्पन्न भएको उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे।
मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, वडा नं. ८ का अध्यक्ष हेमकुमार थिङ, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, YCL मकवानपुर अध्यक्ष मुक्ती लामा लगायतका अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम वडा नं. ७ का अध्यक्ष शिवराज थिङको सभापतित्वमा सम्पन्न भएको थियो। नगर उपप्रमुख भरत गोपाली, वडा नं. ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य लगायतको बिशेष आतिथ्यता रहेको थियो।

InShot_20251202_200429663-1764685200.jpg
20251202_153232-1764685258.jpg
20251202_160303-1764685258.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...