pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा १० दिने उद्घाेषण र पत्रकारिता तालिम सम्पन्न

जनमुखी अभियान प्रा.लि. द्वारा संचालित १० दिने रेडियो उद्घोषण तथा पत्रकारीता तालिमका आज समापन भएको छ ।
थाहा नगर विकासघरमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख लवशेर विष्टले आजको युग संचारको युग भएको सूचना र सञ्चारको हतियार वोकेर समाज विकासको महत्वपूर्ण भुमिका खेल्न सक्नु पर्ने वताउनु भयो । कलमको आडमा पित पत्रकारीता लाई बढावा नगर्नको लागि अनुरोध गर्नु भयो । तालिममा सहभागिहरुलाई शुभकामना तथा प्रमाण पत्र प्रदान गर्दै उहाँले तालिमको ज्ञान सहि ठाउँमा सहि ढंङगले प्रयोग गरेमा समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्न सकिने भएकोले आफ्नो तर्फवाट आवस्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।

अतिथि प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानि मैंया विष्टले पत्रकारीताको समाजमुखी बनि घुलमील गरेमा सजिलो हुने र सम्मान पाइने पेशा भएकोले पाएको प्रमाण–पत्र घरमा राख्ने भन्दा पनि फिल्डमै काम गरेमा मात्रै असल पत्रकार बन्न सकिने वताउनु भयो ।
तालिम संयोजक इच्छापूर्ण कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष राजेश के.सी, वडा नं. ४ का वडा अध्यक्ष दिपक सिं लामा, नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष अरुण रायमाझी, अन्नपूर्ण पोष्ट तथा न्यूज २४ का पत्रकार कृष्ण सारु मगर, पालुङ क्याम्पस स्ववियू सभापती मुकेश गोले, प्रेस सेन्टर २ नं. प्रदेश सदस्य शम्भु अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै इच्छापूर्ण कार्कीले आफुले लिएको तालिमको क्षेमता देखाउन दृढ भएर लाग्ने लाई जनमुखि अभियानले सदैंव साथदिने वताउनु भयो ।
तालिमका प्रशिक्षार्थी मान बहादुर रुम्वा र विपना गोपालीले संचालन गरेको कार्यक्रममा प्रशिक्षार्थीको तर्फवाट ठाकुरराम थिङले तालिमको क्षमता अभिवृद्घी र पत्रकारीता सम्वन्धीज्ञान पाएको अनुभव सुनाएका थिए भने अर्का प्रशिक्षार्थी रिस्ता खत्रीले सुन्दा र पढ्दा सजिलो जस्तो लागे पनि पत्रकारीताको व्यवहारीक ज्ञान पाएको वताउनु भयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...