pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा सचिन श्रेष्ठ स्मृती छात्रवृती विवरण

news-2-1529217018.jpg
भातृत्व, सामाजीक उत्तरदायित्व र सहकार्यको मुलनारा सहित २०७३ सालमा स्थापना भएको पालुङ युवा समाज, थाहा नगरपालिका २, मकवनपुरको आयोजनामा रोजगारीको सिलसिलामा कोरीयामा तिन वर्ष पहिले मृत्यु भएका थाहा नगरपालिका २, पालुङका सचिन श्रेष्ठको स्मृतिमा स्थापना भएको स्व. सचिन श्रेष्ठ स्मृति छात्रबृत्ति कोष छात्रबृत्ति एक कार्यक्रमका विच वितरण गरिएको छ । स्थानिय विद्यालयहरु श्री जनकल्यान मा.वि., मत्सनारायण मा।वि। तथा सरस्वति आधारभुत विद्यालयका आर्थिक रुपले विपन्न तथा जेहेन्दार २÷२ जना छात्र–छात्रालाई वितरण गरिएको छात्रवृत्ति ति विद्यालयहरु कै सिफारिसमा जनकल्याण मा.वि.का संगिता श्रेष्ठ तथा सविना के. सी. मत्यनारायण मा वि. का रुदेश कार्की तथा पबित्रा तोलाङगे र सरस्वति आधारभुत विद्यालयका शिशिर खड्का तथा मुस्कान पुजारी लाई प्रदान गरिएको हो । छात्रवृत्ति वापत शैक्षिक सामाग्री तथा पोशाक एक जोर सहित प्रति विद्यार्थी ३५ सय वरावरको सहयोग प्रदान गरिएको युवा समाजका संजित श्रेष्ठले वताउनुभयो । थाहा नगरपाकिला वडा नं. २ को कार्यारलयको सभाहलमा सम्पन्न कार्यक्रम साविक पालुङ गा. वि. स. का पूर्व अध्यक्ष तथा समाज सेवी श्याम भक्त श्रेष्ठको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा स्थानिय समाज सेवी राजु नापित, स्व. सचिन श्रेष्ठ स्मृति छात्रबृति कोषका संरक्षक तथा स्व। सचिन श्रेष्ठका पिता सम्पूर्ण श्रेष्ठ, मत्यनारायण माविका शिक्षक दिपेन्द्रराज प्रधान, सरस्वति आधारभुत विद्यालयका शिक्षिका सन्तोषि वस्नेत लगायतको आतिथ्यता रहेको थियो । समाजका सचिव रोजन श्रेष्ठको स्वागत मन्तव्य सहित शुरुभएको कार्यक्रममा अतिथिहरु राजु नापित, दिपेन्द्रराज प्रधान, स्व। सचिन श्रेष्ठ स्मृति छात्रबृति कोषका संरक्षक तथा स्व। सचिन श्रेष्ठका पिता सम्पूर्ण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमा पालुङ युवा समाजका कोषाध्यक्ष विजयमान श्रेष्ठले कोषको यथार्त हिसाव विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि श्रेष्ठले स्वर्गिय सचिन श्रेष्ठको स्मृतिमा छात्रबृत्ति कोषको स्थापना गरी आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थिहरुलाई छात्रबृत्ति दिने जस्तो असल कार्य भएको भन्दै समाजका सवैले यस प्रकारको कार्य गर्नुपर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रमका वोल्दै कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष विजय विक्रम श्रेष्ठले भातृत्व, सामाजीक उत्तरदायित्व र सहकार्यको मुल नारा अनुरुपनै यस कार्यक्रम आयोजाना गरिएको वताउँदै गत वर्ष भन्दा यस वर्ष छात्रबृत्ति वितरणको कार्यक्रमलाई बिस्तार गरि वडा स्तरिय वनाइएको र आगामि दिनमा अझै यसलाई विस्तार गदै लैजाने धारण राख्नु भयो । कार्यक्रम युवा समाजका संजित श्रेष्ठले संचालन गर्नुभएको थियो ।
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...