jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा संविधान दिवसको अवसरमा ‘संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया
साथै दिउँसो झण्डोत्तलन र साँझ दीप प्रज्वलन

thaha-1569048886.png

 

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको  थाहा नगरपालिकामा अन्तरक्रिया, झण्डोत्तलन र दीप प्रज्वलन गरेर चौंथो संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा शुक्रबार विहान ‘संविधान कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुका साथै दिउँसो झण्डोत्तलन र साँझ दीप प्रज्वलन गरिएको थियो । 
थाहा नगरपालिका–४ नयाँगाउँमा थाहा दर्शनका  प्रणेता स्व. रुपचन्द्र विष्टको स्मृतिमा निर्माणाधीन थाहा स्मृति पार्कमा झण्डोत्तलन गरिएको थियो भने थाहा नगरको बजार केन्द्र थानाबजारस्थित बुद्धचोकमा दीप प्रज्वलन गरिएको थियो । 
संविधान दिवस आयोजक मूल समारोह समिति थाहानगरका प्रमुख एवम् थाहा नगरपालिकाका मेयर लवशेर विष्टको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मेयर विष्ट, उपमेयर खड्गबहादुर गोपाली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेसका नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जिल्ला सहकारी संघ मकवानपुरका संचालक विमलकुमार ढकाल, नेकपाका ईश्वर रुम्बा, महिला नेतृ कल्पना बलामी, होटल एसोसिएसन थाहानगरका अध्यक्ष शिबकुमार खत्री, फरक सोचका अभियन्ता यादवजङ रायमाझी, जिल्ला रेडक्रसका उपकोषाध्यक्ष हरिकृष्ण कार्की , जनमुखी सहकर्मी अक्कलबहादुर केसी, पालुङ जेसीजका अध्यक्ष कुमार नेगी लगायतले संविधान कार्यान्वयनका जटिलता र स्थानीय तहको भूमिकाको बारेमा चर्चा गरेका थिए । Image may contain: 4 people, including Bhumika Basnet, people smiling, shoes, night and outdoor
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले संविधान कार्यान्वयनका व्यवहारिक चुनौतिहरुको विषयमा प्रकाश पार्दै अन्तरक्रियाको विषय प्रवेश गराएका थिए । 
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजीनीतिक दल, संघसंस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...