pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा बन्देज गरिएका व्यवसाय खुले १ लाखदेखि ५ लाख जरिवाना, सवारीलाई २ हजारदेखि ५ हजारसम्म
सुरेन्द्रमान प्रधान

 

थाहानगरमा कोरोना संक्रमण दर बढेपछि कडाइ गरिएको निषेधाज्ञा आइतबारदेखि अलि खुकुलो हुने भएको छ । तर, तोकिए बाहेकका व्यवसाय खुले १ लाखदेखि ५ लाख रुपियाँसम्म जरिवाना र ६ महिनासम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले जेठ ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको आदेशलाई नै कडाइका साथ पालना गराउने निर्णय गरेको छ ।

आदेशमा तोकिएका व्यवसाय र तोकिएको समय बाहेक अन्य व्यवसाय र अन्य समयमा खुलेको पाइएमा व्यक्तिको हकमा १ लाख रुपियाँ र संस्थागत हकमा ५ लाख रुपियाँसम्म जरिवाना गर्ने उल्लेख छ । कोभिड-१९ व्यवस्थापन अध्यादेश, २०७८ अनुसार त्यसरी खुलेका पसलहरु ६ महिनासम्म बन्द गर्न सकिने व्यवस्था उल्लेख छ । मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपियाँ, मानिसको आवतजावत रोक लगाइएको स्थानमा बिना मास्क आवतजावत गरेमा पटक्कै पिच्छे २ सय रुपियाँ जरिवाना गर्ने उल्लेख छ । अध्यादेशमा अनुमतिबिना वा सुरक्षाकर्मीको स्वीकृति बिना संचालन गरेमा दुई पाङ्ग्रे सवारीलाई २ हजार रुपियाँ र अन्य सवारीलाई ५ हजार रुपियाँ जरिवाना गर्ने र निश्चित समयका लागि सवारीसाधन नियन्त्रणमा लिने उल्लेख छ ।

आदेश कार्यान्वयनका लागि आइतबारदेखि नै प्रहरीले कडाइ गर्ने भएको छ । यो निषेधाज्ञा आगामी जेठ २० गते राती १२ बजेसम्म लागू हुनेछ ।

खुल्न पाउने व्यवसाय तथा चल्न पाउने सवारीसाधन

- औषधि पसल, ग्यास डिपो, पेट्रोल पम्प, बीउबिजन, रासायनिक मल व्यवसाय नियमित खोल्ने

- अत्यावश्यक व्यवसायहरु: खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी पसल विहान ५ बजेदेखि ८ बजेसम्म खुल्ने अन्य सबै प्रकारका व्यवसायहरु पूर्ण रुपमा बन्द रहने

- बैंकहरु: हप्ताको २ दिन मङ्गलबार र शुक्रबार (एक तिहाइ कर्मचारीको व्यवस्था गरि स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्ने, अन्य सहकारी, वित्तीय संस्था, इन्स्योरेन्सलगायतका सबै बन्द हुने ।

- एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु बोकेका गाडी, तरकारी, दूध, पानी, एट्रोलियम ट्याङ्कर, स्वास्थ्य सामग्री, शव बहान, फोहोर व्यवस्थापन, दाना गाडी, कृषि मल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट, सुरक्षा निकायमा सवारी साधन बाहेक अटो रिक्सा, मोटरसाइकललगागत सबै सवारीसाधन निषेध

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...