Monday, 20 May, 2024
समाचार

थाहामा पुर्व उप प्रधानमन्त्री थापा आउने, पाचौँ दिनमा २८ लाख संकलन

tha-1562656054.jpg


मकवानपुरको उत्तरी अवस्थित थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भैरहेको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को आज छैटौं दिन भएको छ । भोलि सप्ताहको अन्तिम दिन  पुर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ( राप्रपा ) का अध्यक्ष कमल थापा आउने भएका छन् । ज्ञानमहायज्ञ २०७६ को कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्न यहि असार २५ गते पुर्व उप प्रधानमन्त्री थापा थाहा नगरमा आउने भएका हुन् ।
हिजो पाचौँ दिन २३ गते सम्म करिब २८ लाख रुपैँया संकलन भएको मुल समारोह समितिका कोषाध्यक्ष तथा पाथिभरा मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्कीले जानकारी दिए । 
यहि असार १९ गते देखि सुरु भएको महायज्ञमा पाँच दिनमा महायज्ञमा संकलन भएका रकमहरुको नगद तथा चेक मार्फत तत्काल नै भैरहेको हुनाले रकम उठ्ने कुरामा शंका गर्ने ठाउँ नभएको उनले बताए । 
मत्स्यनारायण माद्यामिक विद्यालय र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्त आयोजनामा भैरहेको महायज्ञमा बालब्यास पं. श्री नारायण न्यौपानेको मुखार विन्दबाट व्यवहारिक र जीवनउपयोगी कथा वाचन गरी सभ्य र भब्य रुपमा महायज्ञको दैनिक कार्यक्रम सञ्चालन भै रहेको छ । महायज्ञ यहि २०७६ साल अषाढ २५ गते सम्म सञ्चालन हुनेछ ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास, प्राचिन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउन एवम् पितृमोक्षको लागि महायज्ञको आयोजना गरिएको हो ।
 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...