Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

थाहामा पहिलो पटक विच भलिवल प्रतियोगिता हुने, प्रतियोगिता थाहा कला केन्द्रले आयोजना गर्दै

Screenshot_20220829-19021-1661779284.png

सानोबाबु मुक्तान 
थाहानगर
उत्तरी मकवानपुर थाहा नगरपालिका ३ स्थित थाहा कला केन्द्रले थाहा नगरमै पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । केन्द्रले थाहा नगर भलिवल संघ संगको समन्वयमा प्रतियोगिताको आयोजना गर्न लागेको हो । थाहा नगरमै पहिलो पटक हुन लागिरहेकोले प्रतियोगितालाई रोमान्चक रुपमा हेरिएको छ । केन्द्रले आज यसै विच भलिवल प्रतियोगिताको बारेमा तथा सिंगो नगर भलिवल विकासका बारेमा थाहा नगरपालिकाका जनप्रतिनिधि, स्थानिय दलका नेता तथा सम्बन्धित खेलाडिहरुविच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । समन्वय संस्थाका अध्यक्ष वसन्त गोपालीको सभाध्यक्षमा थाहा नगरपालिका शिखरकोटको शंकर होटलमा भएको कार्यक्रममा प्रमूख अतिथि नगरपालिकाका उपप्रमूख भरत गोपाली, नगर खेलकुद विकास संयोजक तथा वडा नं. १२ का वडा अध्यक्ष टिकाराम स्याङ्दान, वडा नं. २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा नं. ४ का अध्यक्ष नारायण बहादुर लामा, खेलकुद विकास समिति थाहा नगरका पूर्व संयोजक राजेश केसी, जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की , सहायक प्रधानाध्यापक मनोज रायमाझि, सोहि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान, थाहा ८  स्थित ईन्द्रायणि माविका अध्यक्ष सुमन कार्की, नेपाल गोजुरियो कराँते प्रशिक्षक मानसिं दोङ, थाहा पाटिका कार्यकारी सम्पादक शम्भु अधिकारी, तामाङ घेदुङ नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष विनोद कुमार लामा तथा नेकपा एमाले नगर कमिटि अध्यक्ष अच्युतम प्रसाद ढकालको उपस्थिति रहेको थियो । 
अन्तक्र्रिया कार्यक्रम मा बोल्दै खेलाडिहरुले थाहा नगरमा भलिवलखेलको विकास संगै सिंगो नगरकै खेल विकासमा अहिलेका जनप्रतिनिधिहरु तथा नगरका कर्मचारीहरु निस्वार्थ रुपमा लागि पर्नुपर्ने धारण व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै थाहा ३ का युवा खेलाडि उज्वल केसीले नगरपालिकाबाट प्रतिनिधित्व गरिरहेका खेलाडिहरुलाई उचित व्यवस्थापन तथा खेलाडि विमाको व्यवस्थामा नगरपालिकाले ध्यान दिनुपर्नेमा आफ्नो धारण व्यक्त गर्नुभयो । त्यस्तै कराँते प्रशिक्षक दोङले विभिन्न स्थानहरुमा खेलको प्रतिनिधित्व गर्दै मेडल ल्याउन सफल भएका नगरका खेलाडिहरुलाई नगरपालिकाले उचित सम्मान तथा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । 
पहिलो पटक भएको खेलकुद अन्तक्र्रिया कार्यक्रममा आफूले आफ्नो धारणाहरु राख्न पाएकोमा खुसी हुँदै नेकपा एमालेका नगर अध्यक्ष अच्युतम प्रसाद ढकालले नगरपालिकाका कर्मचारि, जनप्रतिनिधि तथा स्वयम दलका नेताहरु खेलकुद संगै समग्र नगरको विकासको लागि दलिय स्वार्थ भन्दा पनि माथि उठेर अभ्यास गर्नुपर्नेमा आफ्नो मत राख्नुभयो । कार्यक्रममा बोल्दै जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले खेलाडिहरुले खेलकुदको आयोजना मात्रै कुर्न नहुने र खेलाडिहरुले सदैव आफ्नो अभ्यासलाई कायम राख्नुपर्ने कुरा जिकिर गर्नुभयो । खेलाडिहरुले कहिँ कतै प्रतियोगिता हुन लाग्दा मात्रै आफूहरु तात्तिने परम्परा रहँदै आएको कुरा झकझक्याउँदै त्यस्तो परम्पराले सोचे अनूरुपको उपलब्धि हासिल गर्न नसक्ने कुरालाई स्पष्ट पार्दै खेललाई निरन्तर अगाडि बढाउनको लागि व्यवस्थापकिय जिम्मेवारीमा नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षणहुनुपर्ने तर खेलाडिहरु भने आफ्नो अभ्यासमा निरन्तर रहनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै फरक सोचका संयोजक यादव जंग रायमाझिले थाहा नगरमा पहिलो पटक हुन लागेको विच भलिवल प्रतियोगिताको लागि आयोजक टिमलाई शुभकामना व्यक्त गर्दै नगर खेल विकासका लागि आफू सदैब सकारात्मक रहि विविध अभ्यासहरु गर्दै आएको तर नगरपालिकाको भूमिका भने सोचे अनुरुप खास नरहेको कुरा व्यक्त गर्नुभयो । रायमाझिले नगरपालिकालाई अबका दिनहरुमा खेल तथा खेलाडिहरुलाई प्रोत्साहन हुने गतिविधिहरुमा थप प्रोत्साहन गर्न अनुरोध समेत गर्नुभयो । 
अन्तक्र्रिया कार्यक्रमका लागि खेलकुद संयोजक टिकाराम स्याङतानलाई संयोजनकारी फाँटमा राखिएको थियो । विविध कराहरुको निष्कर्षमा बोल्दै संयोजक स्याङ्तानले अब नगरको खेलकुदको विकासलाई साँच्चैनै नयाँ अनि सुव्यवस्थित ढंगबाट अगाडि बढाउने र खेलविकासका लागि आफूहरुले उचित तथा सहज मोडल निर्माण गरिरहेको कुरा बताउनुभयो । स्याङ्तानले खेलाडिहरुको विमा गर्नको लागि नगरपालिका सकारात्मक रहेको र आफूहरुले विमाका प्रक्रिया समेत सुरु गरिसेकेको समेत जानकारी दिनुभयो । 
त्यस्तै प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका र आफू व्यक्तिगत रुपमा तयार रहेको बताउँदै नगर उप्रमूख भरत गोपालीले प्रतियोगिता रोमान्चक हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो । थाहानगरमा पहिलो पटक विच भलिवल प्रतियोगिताको आयोजना हुन लागेको र उक्त प्रतियोगिताले नगरको खेलकुद विकास संगै पर्यटन प्रवद्र्धनमा समेत विषेश भूमिका निर्वाह गर्ने भएकोले प्रतियोगिताको आयोजना स्वागत योग्य रहेको बताउनुभयो । 
कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरुले कार्यक्रमको लगि शुभकामना गदै आ–आफ्नो धारणा समेत राख्नुभएका थिए । 
थाहा नगरमा पहिलो पटक हुने विच भलिवल प्रतियोगितामा प्रथम हुने जोडिले नगद रु.५० हजार, द्धितिय हुनेले २५ हजार र तृतिय हुने जोडिले १० हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले प्रोत्साहन स्वरुप नगद रु ५ हजार र अनुशासित टिमले समेत ५ हजार रुपैयाँ पुरस्कार पाउने मुक्तानले जानकारी दिनुभयो । थाहा नगरपलिका वडा नं. ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा हुने प्रतियोगिता विजया दशमीको अवसर पारि आउँदो असोज १४ गते बाट सुरु भई १७ गते सम्पन्न हुने थाहा नगर भलिवल संघका सचिव सुजन बस्नेतले जानकारी दिनुभयो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png