himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहामा निर्वाचन प्रहरीको तालिम जारी, ३४ जना सहभागी

FB_IMG_1770477624635-1770477832.jpg

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै थाहा नगरपालिकामा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ। नेपाल प्रहरीतर्फको इलाका प्रहरी कार्यालय पालुङको आयोजनामा सञ्चालन गरिएको तालिममा २ जना महिला र ३२ जना पुरुष गरी जम्मा ३४ जना निर्वाचन प्रहरी सहभागी छन्।
निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै इलाका प्रहरी कार्यालय मातहतमा परेकाहरूलाई तालिम दिइएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार तालिममार्फत निर्वाचन अवधिमा आवश्यक पर्ने सुरक्षा व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिँदैछ।
तालिममा शारीरिक व्यायाम, लाठी चलाउने तरिका, निर्वाचन अवधिमा सुरक्षा निकाय र निर्वाचन प्रहरीको काम, कर्तव्य तथा अधिकार, मतदान स्थल र मतदान केन्द्रको संरचना, सम्भावित विपद् जोखिम तथा त्यसबाट बच्ने र बचाउने उपाय, भिड नियन्त्रण र प्राथमिक उपचारसम्बन्धी आधारभूत प्रशिक्षण समावेश गरिएको छ।
जिल्लाभर निर्वाचन प्रहरीका लागि हेटौंडा–४ हुप्राको चौर, भुटनदेवी माध्यमिक विद्यालयको चौर, इलाका प्रहरी कार्यालय पालुङ, फापरबारी, मनहरी, ठिगन, मकवानपुरगढी, हेटौंडा सानो पोखरा र पशुपतिनगरलगायतका स्थानमा तालिम सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीका अनुसार जिल्लाभर २ हजार १०२ जना निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम प्रदान गरिँदैछ। तालिममा निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग समन्वय गरेर गर्नुपर्ने कामको प्रकृति, आचारसंहिता तथा अनुशासनसम्बन्धी प्रशिक्षण दिइनेछ। हरेक १ सय जना निर्वाचन प्रहरीलाई दुई जना प्रशिक्षक प्रहरीले तालिम प्रदान गरिरहेका छन्।
तालिमपछि निर्वाचन प्रहरीलाई मतदान प्रक्रिया सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रभावकारी रूपमा परिचालन गरिने जनाइएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg