pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा कोरोना संक्रमित दर बढ्दै ,बिहीबार मात्र नौ थपिए
सुरेन्द्रमान प्रधान

 थाहानगरमा बिहीबार १९ जनाको स्वाब परिक्षण गरिएकोमा ९ जनाको पोजिटिभ रिपोर्ट आएको छ । यो समेतगरी थाहानगरमा संक्रमितको संख्या ७८ पुगेको छ । संक्रमितमध्ये ३ जनाको हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भैरहेको छभने अन्य सबै होम आइसोलेशनमा छन्  । आज बज्रबाराही स्वास्थ्य चौकीमा १२ जनाको परिक्षण गरिएकोमा पाँच जना र पालुङमा  ७ जनाको परिक्षण गरिएकोमा ४ जनाको पोजिटिभ रिपोर्ट आएको डा। रिकेश कार्कीले बताए । ती सबै कोरोनाको लक्षण भएकाहरु परिक्षणका लागि स्वयं स्वास्थ्य केन्द्र पुगेकाहरु हुन् ।

हरेक दिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि संक्रमितलाई स्वास्थ्य केन्द्रसम्म पुर्याउन वडा-वडामा अटोलाई प्रयोग गरिने भएको छ ।
समयमै एम्बुलेन्स नपाउन सक्ने र निषेधाज्ञाका कारण यातायातका साधन नपाउने भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको हो । बिहीबार अटो व्यवसायी संघका प्रतिनिधिहरूसङ्ग छलफल गरि बिरामी बोक्न अटोको प्रयोग गर्न सहमती भएको हो । त्यसरी प्रयोग हुने अटोको चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाउने सहमती भएको थाहानगर उपप्रमुख खड्ग गोपालीले बताए । गोपालीका अनुसार प्रत्येक वडामा प्रयोग हुने अटोको विवरण नगरमा उपलब्ध भएपछि वडामा गठित समितिलाई जानकारी दिइनेछ । त्यसरी बिरामी बोक्न प्रयोग हुने अटो २४ सै घण्टा तयारी अवस्थामा हुनु पर्ने सहमती गरिएको छ ।


यसैबीच, कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि वडास्तरमा गठन सुरु गरिएको अभियान अन्तर्गत बिहीबार एकैदिन ४ वटा वडामा समिति गठन गरिएको छ । नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली तथा निर्देशन समितिका सदस्यहरु सहितको उपस्थितिमा वडा नम्बर १, २, ३ र ४ मा वडाध्यक्षहरुको संयोजकत्वमा गठन गरिएको हो । समितिको गठन गर्न भौतिक दूरी कायम गरि आयोजित छुट्टाछुट्टै भेलाहरुमा प्रमुख विष्ट, उपप्रमुख गोपाली, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधान, नेकपा माओबादी ९केन्द्र० नगर अध्यक्ष अरुण रायमाझी, विवेकशील साझा पार्टी नगर अध्यक्ष माधव कार्कीले समाजमा कोरोना नियन्त्रणका लागि आवस्यकताका आधारमा समिति बिस्तार गर्न सकिने बताउदै अनुशासन कायम गर्न प्रेरणा दिनु पर्ने बताएका थिए । 
वडा नम्बर २ को भेलामा स्थानीय मदिरा विक्री पसलहरुलाई नियन्त्रण गर्न आवस्यक रहेको सहभागीहरुले आवाज उठाएका छन् । यसैगरी ३ र ४ को भेलामा नेकपा माओबादी ९केन्द्र०का ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र रायमाझीले निश्चित तोकिएको समय बाहेक पनि बजार खुलेको प्रती चिन्ता व्यक्त गर्दै बजारमा हुने बाक्लो भीडभाडलाई नियन्त्रण गर्नु पर्ने सुझाव दिएका छन् ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...