pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा कोरोना न्यूनिकरणका लागि निर्देशन समिति गठन,कडाइका साथ लागू गर्न वडा वडामा समिति बन्ने
सुरेन्द्रमान प्रधान

download-1620035212.jpg

कोभिड—१९ न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न पालिकाहरुमा निषेधाज्ञा जारी गरेपछि सोको पूर्ण पालनाका लागि थाहानगरमा ‘कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति’ गठन गरिएको छ । नगर प्रमुख लवशेर विष्टको संयोजकत्वमा थाहानगरमा क्रियाशील राजनीतिक दल, प्रहरी, संघसंस्थासहितका प्रतिनिधि सम्मिलित १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा उपप्रमुख खड्ग गोपाली उपसंयोजक, नेकपा एमालेका जिल्ला सदस्य सुरेन्द्रमान प्रधान, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेस नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी पार्टीका इन्द्रबहादुर श्रेष्ठ, विवेकशील साझा पार्टीका माधव कार्की, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्रीराम तिमिल्सिना, नेपाल रेडक्रम सोसाइटीका हरिकृष्ण कार्की, थाहानगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरत गोपाली र पालुङ जेसीजका अध्यक्ष नवराज लामा सदस्य छन् । समितिले नियमित रुपमा कोभिड—१९ को रोकथाम तथा न्यूनिकरणका लागि आवश्यक कार्यका लागि तत्काल निर्णय गर्नेछ । साथै, नियमित अनुगमनलाई प्राथमिकता दिइ कोभिड—१९ संक्रमित विरामीहरुको व्यवस्थापन समेतका लागि क्रियाशील हुनेछ । बैठकमा नगर प्रमुख विष्टले हालसम्म थाहा नगरमा कोभिड—१९ को अवस्था र सोको क्षेत्रमा भएगरिएका गतिविधिहरुको विवरण प्रस्तुत गरेका थिए ।

थाहानगरमा आइसोलेशनका लागि पचास प्रतिशत भत्ता सुविधासहित २ जना डाक्टर, स्टाफ नर्स, ल्याव असिस्टेन्टको व्यवस्था गरिसकेको छ । नगरमा अक्सिजनको कमी हुन नदिन नागरिकहरुसँग रहेका अक्सिजनका खाली सिलिण्डरहरु समेत माग गरेको छ । हालसम्म नागरिकबाट ३० वटा सिलिण्डर उपलब्ध भइसकेको नगरपालिकाले जनाएको छ ।

नगर स्वास्थ्य शाखाले होम आइसोलेशनमा बसेका विरामीहरुको अवस्थाका बारेमा नियमित निगरानी गरिरहेको समेत जनाएको छ । कोभिड—१९ का कारण राहत उपलब्ध गराउन पर्ने अवस्था आएमा एकद्वार प्रणालीमार्फत् वितरण गरिनेछ ।

समितिअन्तर्गत बजारमा दैनिक उपभोग्य बस्तुहरुको सहज विक्री वितरणका लागि स्टक विवरण तथा मूल्यसूचिको अनुगमन गर्नेछ । यसैगरी बिरामीहरुलाई अनलाइनमार्फत् विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी समेत भइरहेको जनाएको छ । जिप्रकाले जारी गरेको निषेधाज्ञा अनुसार विहान ५ बजेदेखि ९ बजेसम्म अति आवश्यक बस्तुहरुको विक्रीका लागि खाद्यान्न, तरकारी, माछामासु, दुधजन्य पसल खोल्न पाउने छ । अत्यावश्यक कार्य तथा राशन ढुवानीका लागि सवारीसाधन संचालन गर्नु परेमा सम्बन्धित वडा कार्यालयले प्रहरीसँग समन्वय गरी पास जारी गर्न सकिने निर्णय गरेको छ ।

यसैगरी, बैठकले खेतबारीमा भौतिक दूरी कायम गरी काम गर्न, अत्यावश्यक बस्तु खरिद गर्न बाहेक बिना काममा घर बाहिर ननिस्किन अनुरोध गरेको छ । साथै, घरभित्र बस्दा पनि सकेसम्म एकअर्कामा धेरै घुलमिल नहुने गरी दैनिकी चलाउन आग्रह गरेको छ ।

यसैगरी, निषेधाज्ञाको पूर्ण पालना गर्न र गराउन वडाध्यक्षको अध्यक्षतामा वडामा क्रियाशील राजनीतिक दलहरुका प्रतिनिधिहरु सहितको अनुगमन समिति समेत गठन गरिनेछ । सोमबारसम्म थाहा नगरमा कोरोना संक्रमितको संख्या ४५ नाघेको छ । सबै, संक्रमित ‘होम आइसोलेशन’मा रहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए .

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...