pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहामा २४ घण्टालाई किन थपियो निषेधाज्ञा ?

टोलटोलमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको हेटौंडामा निषेधाज्ञाको स्वरुप परिवर्तन भयो । १० बजेसम्म बजार खुल्ला, ३ बजेसम्म बैंक खुल्ला । तर समुदायस्तरमा संकलन गरिएको स्वाब परीक्षण गर्दा एक जनामा पनि कोरोनाले समातेको व्यक्ति नभेटिएको थाहा नगरपालिकामा फेरि निषेधाज्ञा किन थपियो ? यो प्रश्न अहिले थाहानगरमा पेचिलो बनेको छ । 

सबैभन्दा खास त के छ भने जम्माजम्मी २४ घण्टालाई थाहा नगरपालिकाले निषेधाज्ञा थप गर्नुको कारण के होला? थाहामा कोरोना रोकथाम र नियन्त्रण गर्न यही २४ घण्टा नपुगेर हो? त्यसपछि स्थिति सामान्य हुनेछ ? थाहा नगरपालिकाले जारी गरेको सूचनामा २४ घण्टा अर्थात् आज १५ गते राती ११ बजेर ५९ मिनेट ५९ सेकेण्ड जाँदा सकिनुपर्ने निषेधाज्ञा भोलि १६ गते रातीसम्म निरन्तरता दिइएकोमा कुनै कारण खुलाइएको छैन ।  
थाहा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीका अनुसार निषेधाज्ञा अवधिमा समुदायस्तरमा ३३६ जनाको स्वाब संकलन गरिएकोमा ९८ जनाको रिपोर्ट आउन बाँकी छ । उनीहरुको रिपोर्ट भोलिसम्म आउनसक्ने र सबैको रिपोर्ट नेगेटिभ आएमा निषेधाज्ञा हटाउन सहज हुनेछ  । 

रिपोर्ट आउन बाँकी ९८ बाहेक सबैको रिपोर्ट नेगेटिभ आएकोले बाँकीको रिपोर्ट पनि नेगेटिभ आउने धेरैले अनुमान गरेका छन् । त्यसो भए फेरि पनि निषेधाज्ञा किन थपियो ? थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीका अनुसार प्राविधिक कारणले निषेधाज्ञालाई निन्तरता दिइएको हो । 
आज रातीबाट जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको समय सकिने र स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने, थप्ने वा हटाउने विषयमा स्थानीय तहले नै निर्णय गर्न सक्ने कोभिड १९ संकट व्यवस्थापन केन्द्रले अधिकार प्रत्यायोजनको निर्णय गरेपछि थाहामा प्राविधिक समस्या भएको हो । भोलिमात्र थाहानगर कार्यपालिकाको बैठक बसेर निर्णय हुने तर आजै रातिबाट पूर्व जारी निषेधाज्ञाको समय सकिने भएपछि वीचको ‘भ्याकुम’ मा के हुन्छ भन्ने प्रश्नमा भोलिसम्म निषेधाज्ञा निरन्तरता दिइएको नगरपालिका श्रोतले बताएको छ  । 

थाहामा पहिलोपटक जारी गरिएको निषेधाज्ञा भदौ ९ गते समाप्त हुनेमा नगर कार्यपालिकाको बैठक ८ गते नै बसेर आवश्यक निर्णय गरेको थियो । त्यसो त कार्यपालिकाको बैठकको निर्णय माइन्युटमा लेखिनु अगावै जिल्ला सुरक्षा समितिले थाहासहित जिल्लाको ४ वटै स्थानीयत तहमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिसकेको थियो । अघिल्लो निषेधाज्ञाको अन्त्यमाजस्तै यसपटक पनि सर्बपक्षीय बैठकलगत्तै कार्यपालिका बैठक आयोजना गर्न सकेको भए थाहा नगरपालिकामा १ दिनको लागि निषेधाज्ञा थप गर्नु नपर्ने आज सर्वपक्षीय बैठकमा सहभागी एक सदस्यले बताउनुभएको छ । 

भोलिसम्म बाँकी ९८ जनाको पिसिआर परीक्षणको रिपोर्ट नआए नगर कार्यपालिकाले गर्ने निर्णय के हुन्छ ? यो प्रश्न पनि टड्कारो बनेको छ । किनकि पछिल्लोपटक भदौ ८ गते निषेधाज्ञालाई निरन्तरता दिने नगर कार्यपालिकाको बैठकबाट निर्णय गरिरहँदा मुख्य कारण समुदायस्तरमा संकलन गरिएको स्वावको रिपोर्ट आउन बाँकी रहनु नै थियो । त्यो बेला समुदायस्तरको स्वाव संकलन पनि पूरा भएको थिएन । 

आज सर्बपक्षीय बैठकले दिएको सुझावलाइ नगरकार्यपालिकाले मान्ने हो भने यदि भोलि नगरकार्यपालिकाको बैठक बसेमा पर्सीबाट निषेधाज्ञाको रुप बदलिनेछ । अहिलेसम्म थाहामा समुदायस्तरमा संकलन गरिएको स्वावको टेस्ट गर्दा प्राप्त सबै नतीजा नेगेटिभ हुनु र थपिएको निषेधाज्ञाको प्रभावकारी कार्यान्यवन नहुनुले निषेधाज्ञाको औचित्य पुष्टि हुन नसकेको बैठकमा सहभागीहरुको धारणा थियो । 

बैठकमा सहभागीहरुले हेटौंडा र काठमाण्डौंबाट प्रवेश गर्ने नाका कडाइ गर्नुपर्ने, भीडभाड रोक्नु पर्ने, जनस्वास्थ्यका मापदण्ड पूरा गर्नु पर्ने, निश्चित समय तोकेर बजार खुल्ला गर्नुपर्ने तर निषेधाज्ञा नै जारी गर्नु नपर्ने सुझाव दिएका छन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...