gumba-1715660528.jpg
Sunday, 19 May, 2024
समाचार

थाहामा एनसीएल टावरमा आगजनी ( फोटो सिहत )

ncell-1564641421.jpg

मकवानपुर, थाहा नगरपालिकामा रहेको एनसीलको टावरमा आगजनि भएको छ । पालुङ तथा आग्राको एनसीएल टावरमा गएराती आगजनी भएको छ । टावरमा नचिनेका मानिसहरुले आगजनी गरेको बताइएको छ । 

थाहा नगरपालिका वडा नं. ३ गुफाडाँडामा रहेको टावर तथा आग्राको चिसापानी स्थित कैलाश डाँडामा रहेको टावरमा आगजनी भएको स्थानीयहरुले बताएकाछन् । राती अबेर टावर छेवैमा रहेको कन्ट्रोल रुम आसपास आगो बलेको देखेपछि स्थानीयहरु समेत त्रसित भएका थिए । स्थानीयहरुको खबरको आधारमा अहिले टावर निरीक्षणको लागि एसीएलको प्राविधिक टोली हेटौंडाबाट आउँदै छ । आग्रा ७ चिसपानी स्थित कैलाश डाँडाको सेवामा समेत प्रभाव परेकोले प्राविधिक टोली पठाइएको एनसीएल कम्पनीले जनाएको छ । 
शिखरकोट गुफा डाँडास्थित एनसीएल टावरमा बोराको मुक्का बनाएर तारहरुमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको बन्द १५ साउनको लगतै भएको यो घटनाको जिम्मा कसैले पनि लिएको छैन ।
 थाहा नगरपालिका वडा नं. ३ गुफाडाँडामा रहेको टावर फोटो 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...