Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

थाहाबासीको समृद्धी र सुख दुःखको साथी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बनाउने गरि पार्टी अभियान संचालन गर्ने छु  ः बिनोद कुमार लामा 

lama-1645358689.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको थाहा नगर अध्यक्षमा निर्वाचित हुनु भएका बिनोद कुमार लामा थाहा नगरपालिका –४ दामनमा २०३० सालमा जन्मनु भई २०४६ सालको जनआन्दोलनबाट समाज परिवर्तनको लागि राजनिति गर्नु पर्ने प्रेरणा मिलेका कारण राजनितिमा होमिएको र झापाबाट आउनु भएका शिक्षकहरुबाट कम्युनिष्ट प्रति आकर्षित भएको बताउनु हुन्छ । तत्कालिन समयमा बिद्यार्थी राजनितिसँगै जनवादी युवा लिग हुँदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर सचिव तथा मकवानपुर जिल्ला कमिटी सदस्य भईसक्नु भएका राजनितिक र सामाजिक अभियानमा सक्रिय लामासँग थाहापाटी अनलाइनले गरेको कुराकानी 

    थाहाको  माओवादी केन्द्रलाई लाई तपाईको नेत्तृत्वको आवश्यक्ता किन ? 
थाहामा  सहज नेतृत्व हस्तान्तरण, पार्टिलाई ब्यवस्थित, बिधिवत संचालन गर्दै आम युवाहरुलाई गोलबद्द गर्दै थाहामा पहिलो पार्टी बनाउन । 

    थाहाको अध्यक्षमा निर्वाचित हुँदै गर्दा कस्तो अनुभुती भईरहेको छ ? 
एउटा ठुलो अवसर र चुनौती दुबै आफ्नो सामु देखेको छु, स्थानीय निर्वाचन नजिक छौ, निर्वाचनमा यस अघि जितेका वडालाई कायम राख्दै थप वडाहरुमा जित हासिल गर्ने अवसर छ, म निर्वाचनबाट निर्वाचित भई आएको हुनाले सबैलाई समेटेर राजनितिक अभियानलाई अगाडी बढाउने  चुनौती पनि संगै देख्छु । तर पनि  पार्टीलाई अग्रजहरुको अनुभवलाई सल्लाह लिदै समकक्षीहरुसँग कार्यगत  सामुहिक एकता र युवा शक्तीको जोसलाई राजनितिक अभियानको रुपमा अगाडी बढाउने छु । 

    थाहा नगरपालिकामा अहिले माओवादीको अवस्था कस्तो छ र तपाईको अध्यक्षतामा के परिवर्तन होला ? 
मैले अगाडी पनि भने, साधै मेरो साममुहिकतामा जोड हुन्छ, मेरो नेत्तृत्वमा पार्टिलाई थाहानगरको विकास र समृद्दिको निम्ति मुल भुमिकामा राख्ने कोसिस हुनेछ, बिकास आम जनताको आवस्यकता र चाहनामा आधारित बनाउने । पार्टिलाई आर्थिक,सांगठनिक, राजनैतिक रुपमा मजबुत बनाउने÷ हरेक कार्यकर्तालाई क्षमता अनुसारको जिम्मेवारी दिने÷जिम्मेवारी दिने आधार हिजोको उसको योगदान साथै आजको उसको क्रियाशिलता, क्षमता र दृष्टिकोण हुनेछ । हिजोको योगदानको पनि कदर गरिने छ ।

    निर्वाचनबाट अध्यक्ष चुनिनु भयो ? पदाधिकारी चयन तगाएत पार्टी संचालनमा चुनौती देख्नु भएको छैन ? 
मैले अगाडी पनि  भनिसकेको छु पार्टीमा अग्रजहरुको अनुभव,समकक्षीहरुको हिम्मत र एकता, युवाहरुको सक्रियता र शक्तीको समिश्रण बनाई राजनितिक अभियानको रुपमा अगाडी बढाउने छु । पार्टीको विधान अनरुप पदाधिकारी तगाएतका जिम्मेवारी दिन यसो गर्दा यो चुनौंती सहज रुपमा अवसरमा परिणत हुने हुँदा र सहमती र सहकार्यलाई नै मेरो कार्यशैली हुने हुँदा पदाधिकारी चयनमा कुनै समस्या हुँदैन । 

    अब तपाईको नेतृत्वमा माओवादी कसरी अगाडी बढ्छ त ? 
आम थाहा नगरवासिलाई नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सुख, दुख,बिकास, समृद्दिमा हरलपल साथमा छ भन्ने अनुभूति हुने गरि कार्यकर्ता परिचालन हुनेछ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg