Sunday, 05 May, 2024
विचार / अन्तरवार्ता

थाहाबासीको समृद्धी र सुख दुःखको साथी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बनाउने गरि पार्टी अभियान संचालन गर्ने छु  ः बिनोद कुमार लामा 

lama-1645358689.jpg

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको थाहा नगर अध्यक्षमा निर्वाचित हुनु भएका बिनोद कुमार लामा थाहा नगरपालिका –४ दामनमा २०३० सालमा जन्मनु भई २०४६ सालको जनआन्दोलनबाट समाज परिवर्तनको लागि राजनिति गर्नु पर्ने प्रेरणा मिलेका कारण राजनितिमा होमिएको र झापाबाट आउनु भएका शिक्षकहरुबाट कम्युनिष्ट प्रति आकर्षित भएको बताउनु हुन्छ । तत्कालिन समयमा बिद्यार्थी राजनितिसँगै जनवादी युवा लिग हुँदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर सचिव तथा मकवानपुर जिल्ला कमिटी सदस्य भईसक्नु भएका राजनितिक र सामाजिक अभियानमा सक्रिय लामासँग थाहापाटी अनलाइनले गरेको कुराकानी 

    थाहाको  माओवादी केन्द्रलाई लाई तपाईको नेत्तृत्वको आवश्यक्ता किन ? 
थाहामा  सहज नेतृत्व हस्तान्तरण, पार्टिलाई ब्यवस्थित, बिधिवत संचालन गर्दै आम युवाहरुलाई गोलबद्द गर्दै थाहामा पहिलो पार्टी बनाउन । 

    थाहाको अध्यक्षमा निर्वाचित हुँदै गर्दा कस्तो अनुभुती भईरहेको छ ? 
एउटा ठुलो अवसर र चुनौती दुबै आफ्नो सामु देखेको छु, स्थानीय निर्वाचन नजिक छौ, निर्वाचनमा यस अघि जितेका वडालाई कायम राख्दै थप वडाहरुमा जित हासिल गर्ने अवसर छ, म निर्वाचनबाट निर्वाचित भई आएको हुनाले सबैलाई समेटेर राजनितिक अभियानलाई अगाडी बढाउने  चुनौती पनि संगै देख्छु । तर पनि  पार्टीलाई अग्रजहरुको अनुभवलाई सल्लाह लिदै समकक्षीहरुसँग कार्यगत  सामुहिक एकता र युवा शक्तीको जोसलाई राजनितिक अभियानको रुपमा अगाडी बढाउने छु । 

    थाहा नगरपालिकामा अहिले माओवादीको अवस्था कस्तो छ र तपाईको अध्यक्षतामा के परिवर्तन होला ? 
मैले अगाडी पनि भने, साधै मेरो साममुहिकतामा जोड हुन्छ, मेरो नेत्तृत्वमा पार्टिलाई थाहानगरको विकास र समृद्दिको निम्ति मुल भुमिकामा राख्ने कोसिस हुनेछ, बिकास आम जनताको आवस्यकता र चाहनामा आधारित बनाउने । पार्टिलाई आर्थिक,सांगठनिक, राजनैतिक रुपमा मजबुत बनाउने÷ हरेक कार्यकर्तालाई क्षमता अनुसारको जिम्मेवारी दिने÷जिम्मेवारी दिने आधार हिजोको उसको योगदान साथै आजको उसको क्रियाशिलता, क्षमता र दृष्टिकोण हुनेछ । हिजोको योगदानको पनि कदर गरिने छ ।

    निर्वाचनबाट अध्यक्ष चुनिनु भयो ? पदाधिकारी चयन तगाएत पार्टी संचालनमा चुनौती देख्नु भएको छैन ? 
मैले अगाडी पनि  भनिसकेको छु पार्टीमा अग्रजहरुको अनुभव,समकक्षीहरुको हिम्मत र एकता, युवाहरुको सक्रियता र शक्तीको समिश्रण बनाई राजनितिक अभियानको रुपमा अगाडी बढाउने छु । पार्टीको विधान अनरुप पदाधिकारी तगाएतका जिम्मेवारी दिन यसो गर्दा यो चुनौंती सहज रुपमा अवसरमा परिणत हुने हुँदा र सहमती र सहकार्यलाई नै मेरो कार्यशैली हुने हुँदा पदाधिकारी चयनमा कुनै समस्या हुँदैन । 

    अब तपाईको नेतृत्वमा माओवादी कसरी अगाडी बढ्छ त ? 
आम थाहा नगरवासिलाई नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) सुख, दुख,बिकास, समृद्दिमा हरलपल साथमा छ भन्ने अनुभूति हुने गरि कार्यकर्ता परिचालन हुनेछ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...