Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहानगरमा वास्तविक किसान अनुदानबाट जहिल्यै छलिन्छन्

download-(8)-1670130636.jpg

‘थाहानगरको विकासको अधार, कृषि, पर्यटन र पुर्वाधार’– यो मकवानपुर थाहा नगरपालिकाको नारा हो । नगरपालिकाले नारालाई सार्थक बनाउनको लागि नारा केन्द्रित कार्यक्रमहरु त संचालन गरिरहेको छ तर, अझै ठोस गतिविधि हुन नसकेको सरोकारवालाहरु बताउँछन् । आर्थिक वर्ष २०७९÷०८० को कुल १ अर्ब १७ करोड २ लाख १२ हजार ८६२ रुपियाँ बजेटमा पालिकाले निशर्ततर्फ जम्मा १ करोड २९ लाख रुपियाँ मात्र कृषिमा विनियोजित छ । यो बजेट भनेको १ प्रतिशत भन्दा पनि कम हो । कृषिमा ख्याती कमाएको थाहानगरमा कृषिलाई जसरी नारामा प्राथमिकता दिइएको देखिन्छ तथ्याङ्क अनुसार बजेटमा प्राथमिकता नपाएको प्रष्ट छ । नगरपालिकाबाट कृषकमा प्रवाह हुने अनुदान÷सहायतालाई कृषि विकास शाखाले व्यवस्थापन गर्न नसकेको किसानहरुको गुनासो छ । जिल्लास्तरमा कृषि विकास कार्यालय खारेज भई स्थानीय तहमा त्यसको सम्पुर्ण अधिकार आइसक्दा पनि नगरपालिकाको कृषि विकास शाखा प्रमुखको भूमिका किसानको माग बमोजिम छैन । कृषि नीतिमा निर्माण प्रस्ताव गर्न र कार्यान्वयनमा शाखा कमजोर छ । कृषि विकास शाखा नगरपालिकाबाट विनियोजित वार्षिक बजेट तथा कार्यक्रम संचालन गर्नमा मात्र केद्रित रहेको छ । यस बाहेकका गतिविधिमा शाखा चनाखो नभएको किसानहरुको भनाइ छ । नगरपालिकाबाट वितरण हुने अनुदान तथा राहतका कार्यक्रमलाई कृषि विकास शाखाले कृषक समूह तथा फर्म केन्द्रित गरेसंगै वास्तविक किसानहरुले स्थानीय सरकारबाट पाउने सेवा सुविधामा आफुहरु छलिएको प्रतिक्रिया दिएका छन् । नगरपालिकाबाट अनुदान तथा सहायकता समूहलाई मात्र केन्द्रित गर्न थालेपछि आफूहरु कृषिमै निर्भर भई काम गर्दा पनि त्यस्तो सहायताबाट थाहा नगरपालिका वडा नम्बर २ इन्द्रायणी वस्तीका किसानहरु वञ्चित भैरहेका छन् । एक किसानले भने–‘नगरपालिकाबाट अधिकांश कृषकका लागि सहायकताको कार्यक्रम खेतीपातीमै खटिने कृषकलाई भन्दा पनि कृषि समूह केन्द्रित हुँदा वास्तविक किसान चाहिँ लाभबाट वञ्चित हुनु परेको छ ।’ थाहा नगरपालिकाको सृजना वस्ती, रायमाझी गाउँ, लगायतका धेरै गाउँटोल जहाँ अधिकांश कृषकहरुको बसोबास छ त्यस क्षेत्रका किसानहरु सँधै नगरपालिकाको अनुदान पाउने सूचना सुन्छन्, पढ्छन् तर, उनले कहिल्यै लाभ पाउँदैनन्, पाएका पनि छैनन् । हुनतः संघीय सरकारले नै कृषक परिचय पत्र वितरण समेत कार्यान्यवनमा ल्याउने महत्कांक्षी योजना नल्याएको भने होइन । यसमा थाहा नगरपालिकाले पनि सीमित स्रोतबाट केही वडाहरुमा किसान परिचयपत्रको काम शुरु गरेको शाखा प्रमुख सञ्जय तिवारीले बताए । यसको पनि कार्यान्वयन भने सबल हुन सकेन । तर, अधिकांश किसानको बसोबास रहेको थाहानगरबासीलाई किसान हुन् भनेर नगरपालिका कृषि विकास शाखा आफैले स्वीकार्न नसकेको कृषक निरोज प्रधानको प्रतिक्रिया छ । उनी भन्छन्–‘यदि नगरका खेतीपाती गर्ने सबै कृषक हो भन्ने ठानेको भए नगरबाट पाउने सुविधाका लागि दरखास्त दिन सबै योग्य हुन्थे ।’ कृषक प्रधानका अनुसार जो बढि खेतीपाती गर्छन् उनीहरुले कहिल्यै अनुदान र सहायता पाएका छैनन् भने पछाडि पारिएका भनिने समुदायको प्रतिनीधित्व प्रायः शुन्य रहेको छ । उनीहरु समूहका गतिविधिमा भन्दा पनि कृषि कर्ममै व्यस्थ छन् । थाहा नगरपालिकाको नगर प्रोफाइल–२०७४ अनुसार ६३.८५ प्रतिशत जनसंख्या कृषिमा निरर्भर छन् । नगरको तथ्याङ्कमा भएका किसानले अनुदान तथा सहायता पाउनुपर्ने अधिकारबाट वञ्चित छन् । नगरको अनुदान सहायता पाउन कृषक समूह वा फार्ममा आवद्ध हुनुपर्ने नियम नै भएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख सञ्जय तिवारी बताउँछन् । यद्यपि, नगरपालिकाले कृषक समुह गठन तथा व्यवस्थापन निर्देशिका पास भएपनि अक्षरशः पालना छैन । नगरपालिकाले बिना निर्देशिका कृषक समुहहरुलाई साविक जिल्ला कृषि विकास कार्यालयको निरन्तरता स्वरुप प्रमाणपत्र जारी गरिरहेको छ । वि.सं. २०७५ पौष १२ गते मन्त्रीस्तरीय निर्णय गरी निर्देशिकाको नमुना सबै स्थानीय तहहरुमा पठाएको भएपनि थाहा नगरपालिकाबाट अक्षरशः कार्यान्वयन भएको छैन । निर्देशिकाको दफा १२ को उपदफा ४ अनुसार कृषक समूह दर्ता गरी प्रमाणपत्र दिने व्यवस्था नमुनामा उल्लेख छ । कृषि विकास शाखा प्रमुख तिवारी भन्छन्–‘नगरले मात्र होइन जोनले पनि समुह र फार्मलाई मात्र अनुदान दिन्छ, हामी यस नियमलाई, हटाउन सक्दैनौं ।’ जोनले भने आफ्नो प्रमाणित कार्यविधिको अनुसार अनुदान सहायता वितरण गरेको हो । तर, नगरपालिका कृषि विकास शाखाले भने संघीय तथा प्रदेश कानुनसंग नबाझिने गरी प्राप्त नमुना निर्देशिकाको आधारमा ठाउँ अनुकुल निर्देशिका बनाउन सक्नेछ तर, बनाएको छैन । नीतिगत रुपमै समूहममा आवद्ध भएका र कृषि फार्म भएका किसानलाई बाहेक अनुदान सहयोग गर्न नमिल्ने बताउँदै कृषि प्रमुख तिवारी समूह गठनको माग गरे कृषि प्राविधिकले सहयोग गर्ने बताएँछन् । उनी आफू जिम्मेवारीबाट पन्छिन खोज्दै थप्छन्–‘तीन तहको सरकार छ, सबैले नीति, नियम बनाउन मिल्छ, हामी त कर्मचारी हौं, हामीले नियम बनाउन मिलेन, बनेको नियमलाई कार्यान्वयन गर्ने हो ।’ थोरै प्राविधिक जनशक्तीबाट धेरैलाई सेवा पुगोस् भनेर नै समुहको नियम ल्याएको तिवारीको जिकिर छ । उनले समूहबाट अनुरोध आए मात्र अनुदान दिन सकिने दोहो¥याए । ‘हामी पहिले घरघरमा पुगेर हात जोडेर समूह बनाउनु बनाउनु भन्थ्यौ तर यसरी सधै भनेर सकिदैन, समूह बनाउन कत्ती पनि गारो छैन, मिलेर आए हामी दर्ता गरिदिन्छौ’–तिवारीले भने । तिवारीलाई कृषि शाखाको प्रगती सोधे फाँटका प्लाष्टिक टनेल देखाउँदै भन्छन्–‘हामीले गरेको सप्पै ।’ तर किसानहरुले आफैले उद्यम गरेको उनी कहिल्यै देख्दैनन् । बरु, किसानहरुका लागि प्राविधिक सेवा पु¥याउने उद्देश्यले पालिकाले कृषि प्राविधिक राखेको वडाको अनुगमन गर्न पुग्छन् । नगरपालिकाको केन्द्र रहेको वरीपरीको वडा उनको प्राथमिकतामा मै नपर्ने किसानहरुको गुनासो छ । हरेक महिनाको १० गते कृषक समुहको बैठक हुन्छ, त्यहाँ आउने किसानलाई नगरपालिकाको सहयोगको विषयमा कृषि प्राविधिकहरुले बुझाइदिने कृषि शाखाको प्रतिक्रिया छ । बैठकमा समूह र फर्ममा आवद्ध भएका किसानलाई बाहेक अन्य कृषकलाई निमन्त्रणा नै हुँर्दैन । वि.सं. २०६८ को जनगणना अनुसा ४१ हजर ६ सय २३ जनसंख्या रहेको थाहानगरमा २ हजार ९ सय ७४ जना मात्र कृषक समुहमा आवद्ध छन् । यो अभिलेख थाहानगरले जिल्ला समन्वय समितिको आयोजनामा हेटौंडामा भएको वार्षिक समिक्षामा प्रस्तुत गरेको विवरण हो । यो तथ्याङ् अनुसार ७.१४ प्रतिशत मात्र किसान समूहमा आवद्ध छन् । थाहाको नगर प्रोफाइल–२०७४ अनुसार ६३.८५ प्रतिशत कृषक रहेको तथ्याङ्क छ । यस अनुसार नगरका करिब ५६.७१ प्रतिशत कृषक स्थानीय सरकारबाट पाउने लाभबाट वञ्चित भएका छन् । थाहा नगरपालिकामा कुल १ सय ३२ वटा कृषक समूहहरु रहेका छन् । सबैभन्दा बढि वडा नं. ७ मा १९ वटा रहेका छन् भने कम वडा नम्बर ५ मा २ वटा मात्र रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख छ । तथ्याङ अनुसार नगरका कुल महिला २१ हजार ८२१ मध्ये एकजार ५०४ र कुल पुरुष १९ हजार ८११ मध्ये एकहजार ४७० मात्र कृषक समुहमा आवद्ध छन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...