bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

बजार

थाहानगरमा नयाँ व्यवसायीलाई ३ महिना भाडा छुट !

FB_IMG_1689835911896-1689835928.jpg

आर्थिक मन्दीले व्यवसायमा प्रवेश गर्न डराइरहेकाहरुलाई प्रोत्साहन दिदै मकवानपुरको थाहानगरमा व्यवसायी सुरेन्द्रमान प्रधानले आफ्नो व्यवसायिक भवनमा नयाँ व्यवसायीहरुलाई ३ महिनाको भाडा शत प्रतिशत छुट दिने बताउनु भएको छ ।

थाहानगर उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका प्रधानले थाहा नगरपालिका वडा नम्बर ४ थाना बजारस्थित आफ्नो व्यवसायिक भवनको दोस्रो तल्लामा रहेका ५ वटा सटर सबै ३ महिनाको पुरै भाडा छुट दिने आव्हान गर्नु भएको हो ।

बजारमा आर्थिक मन्दीका कारण नयाँ व्यवसाय गर्न डराइरहेका व्यवसायीहरुलाई लक्षित गर्दै यस्तो 'अफर' सार्वजनिक गर्नु भएको हो । 

सो बजारमा प्रति सटर मासिक ८ देखि १० हजार भाडा चलनमा छ । सो भवनको तल्लो तल्लामा बजाज मोटरसाइकल शोरुम, मोवाइल पसल र सहकारी सञ्चालनमा छन् । नगरपालिका तथा पालुङ प्रवेश गर्ने इन्द्रायणी मोटरबाटो र त्रिभुवन राजपथको चोकमा पर्ने सो भवनमा होटल तथा रेष्टुरेन्ट बाहेक अन्य व्यवसाय तथा कार्यालयहरुका लागि सो भाडा छुट दिइने प्रधानले बताउनु भयो । 

"व्यवसाय गर्छु भनेर सोच बनाएका युवाहरु पनि बजारमा देखिएको मन्दीका कारण हतोत्साहित देखेको छु, एक प्रकारले भाडा नै तिर्न पो सकिँदैन कि भनेर मनमा डर लिएको पनि देखियो, त्यसैले मैले मेरो नयाँ सटरहरुमा ती युवाहरुलाई लक्षित गरेर फ्री योजना ल्याएको हुँ ।" यसले व्यवसायिक क्षेत्रमा प्रवेश गर्न खोजेका युवाहरुलाई हिम्मत बढ्ने र स्थापित हुन प्रोत्साहन मिल्ने प्रधानको अपेक्षा छ । सो बजारमा ३ वटा बैंक, तीन वटा सहकारी, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रहरी कार्यालय, आँखा केन्द्र रहेको छ ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...