pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहानगरभित्र संघीय सरकारको बजेट कहाँ–कहाँ प¥यो ? (सूचीसहित)

thaha-map-1591608159.jpg

गत जेठ १५ गते संघीय सरकारका अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा थाहानगरपालिकाको लागि कुन कुन क्षेत्रमा बजेट समावेश भयो ? यो प्रश्न थाहा नगरबासीका लागि सर्वत्र चासो भइरहेको बेला यही क्षेत्रका संघीय साँसद विरोध खतिवडाले यसबारे जानकारी गराएका छन् ।

अर्थमन्त्रीको बजेटमा एकमुष्ठ बजेट आउने हुँदा क्षेत्र, शीर्षक र योजनागत रुपमा आउने बजेटको बारेमा साँसदहरुलाई केही पछि मात्र जानकारीमा आउँछ । सोही बमोजिम साँसद खतिवडाले थाहानगरका लागि केन्द्रबाटै संचालन हुने ठूला र महत्वपूर्ण योजनाको बारेमा जानकारी गराएका हुन् । 

साँसद खतिवडाका अनुसार थाहा नगरअन्तर्गतका सुरुङ मार्ग, सडक, पुल, खानेपानी, स्वास्थ्य लगायतका योजनाहरु राष्ट्रिय योजनामा समावेश भएका छन् । तीमध्ये मुख्य योजनाहरु यी हुन् :
थाहानगर वृहद खानेपानी योजना  –२ करोड
ढोक्चा–तसरखोला पक्की पुल –४७ लाख ५० हजार
दामन–डाँडाबास सडक दम्की महाभीरखोला पुल ––४७ लाख ५० हजार
थाहा–३ घर्तिखोला भुङ्दल पुल –८० लाख
चित्लाङ–थानकोट सडक–१५ करोड
एक सहर– एक पहिचान कार्यक्रम–५० लाख
थाहा पर्यटन सूचना पार्क–५० लाख
त्रिभुवन राजपथ मर्मत तथा पीच –१४ करोड ८० लाख
तरकारी जोन, फलफूल, कृषि र पसु विकास–९१ लाख

साँसद खतिवडाले थाहानगरमा संघीय सरकारले विगतमा संचालन गरेका कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै ससाना योजनाहरुमा समेत बजेट विनियोजिन गरेको बताए । कतिपय योजनाहरुको नाम उल्लेख भए पनि बजेट एकीन नभएकोले यसको सुनिश्चितताको लागि आफू लागि परेको उनले जानकारी दिए । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...