jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहानगरकाे ७ वर्षीय बालक सतुङ्गलमा सङ्क्रमित भेटिए

corona-virus-1589612614.jpg

गएको बैशाख २९ गते थाहानगरबाट हिँडेर गएका एक बालक काठमाडौंको सतुंगलमा कोरोना संक्रमित भएको पाइएको छ । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थप ९ जना संक्रमित मध्ये सतुङ्गलको भनिएको सात वर्षीय बालक थाहा नगरपालिकाका हुन् ।  

चन्द्रागिरी नगरपालिका वडा नं. १० का वडाअध्यक्ष कृष्णगोपाल महर्जनले शुक्रबार साँझ संक्रमित भेटिएको बालक पालुङको भएको बताए । 

थाहापाटी श्रोतका अनुसार उक्त बालक सतुङ्गलमा आमाबुवासँग बस्दै आएका थिए । लकडाउनको बेला थाहानगरमै रहेका बालक र बालकको आमालाई लिन सतुङ्गलबाट बुबा र बुबासँगै काम गर्ने अर्का व्यक्ति आएका थिए । बालकसहित उनीहरु गत बेशाख २९ गते हिँडेरै सतुङ्गल पुगेका थिए । 

छिमेकमा पानी बोक्ने ट्याङ्कर चलाउने व्यक्ति पालुङ पुगेर फर्किएको र परिवारका अरु सदस्यहरु पनि ल्याएपछि छिमेकीहरुले वडालाई खबर गरेका थिए । 

शुक्रबार आमाछोरालाई कोरोना परीक्षण गरिएकोमा छोरालाई मात्र कोरोना देखिएको छ । छोरालाई कोरोना पोजिटिभ देखिएपछि आज शनिबार उनको बुवालाई पनि परीक्षणका लागि लगिएको छ ।

वडा अध्यक्ष महर्जनका अनुसार उनको परिवार बस्ने घरमा घरधनी सहित ४३ जना बस्छन् । सो घर १४ दिनका लागि सिल गरिएको छ । त्यहाँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटिएका छन् ।    

संक्रमित बालकलाई हाल बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आइसोलेशनमा राखिएको छ ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...