gumba-1715660528.jpg
Monday, 20 May, 2024
समाचार

थाहानगरकाे नयाँगाउँमा ट्रकमा आगजनी

Aagjani-vayako-gadi-1552533138.jpg

मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर दक्षिणतर्फ त्रिभुवन राजपथमा बुधबार राति हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी(ट्रक)मा आगजनी भएको छ ।

खुकुरी र बञ्चरोसहित कम्ब्याट ड्रेसमा आएको ४–५ जनाको समूहले ना ५ ख ७४११ नम्बर ट्रकमा आगजनी गरेको उक्त ट्रकका चालकले बताए । ‘हामी मध्यरातीतिर हेटौंडातर्फ जाँदै थियौं, ४–५ जनाले गाडी रोकेर ओराले, अनि पेट्रोल छर्केर आगो लगाए’ उनले भने । गाडीमा चालक, सहचालक र अर्को एकजना गरी ३ जना थिए ।

जङ्गलको बीचमा रहेको नजिकैको सडकमा दनदनी ट्रक बल्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउने वित्तिकै पालुङ प्रहरी घटनास्थल पुगेको थियो । राती नै थाहा नगरपालिकाबाट दमकल लगेर आगो निभाइएको थियो । अगजनीबाट ट्रकको इन्जिन र अगाडीका भागमा क्षति पुगेको छ ।

विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगजनीपछि त्रिभुवन राजपथ सुनसान छ । बुधबार राती सीमभन्ज्याङमा आएर रोकिएका ७ वटा ट्रकलाई इलाका प्रहरी कार्यालय पालुङले स्कर्टिङ गरेर पालुङ ल्याएको छ ।


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...