gumba-1715660528.jpg
Monday, 20 May, 2024
समाचार

थाहाकी बालिकाको मृत्युको जिम्मेवारी अस्पतालले लिनुपर्छ : एमाले सचेतक बर्तौला

FB_IMG_1694164782132-1694164841.jpg

 

मकवानपुर जिल्ला थाहा नगरपालिकाकी ५ बर्षिया बालिकाको मृत्युको जिम्मेवारी कान्तिबाल अस्पतालले लिनुपर्ने नेकपा एमालेका सचेक महेश बर्तौलाले बताएका छन् । कान्ति बाल अस्पतालमा गत १८ गते भएको एक बालिकाको मृत्यु बारे संसदमा बोल्दै अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको र त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल व्यवस्थापन, अस्पताल निर्देशक तथा स्वास्थ्य मन्त्रालयले लिनुपर्ने सांसद बर्तौलाले बताए ।

 

 

 

 

 

 

 

 

मकवानपुर जिल्ला संघीय निर्वाचन क्षेत्र न २ बाट निर्वाचित बर्तौलाले आफ्नो निर्वाचन क्षेत्र भित्रकी बालिका मृत्युको सवालमा संसदमा बोलेका हुन् । अस्पतालको लापरबाहीले गर्दा एउटा बाबुको सपना तुहिएको र परिवारमा दुःख परेको बताउँदै सचेतक बर्तौलाले भने “जीतबहादुर गोपाली यतिबेला पोर्चुगलमा हुनुहुन्छ, आफ्नो छोरीको सुन्दर भविष्यको सपना बोकेर उचित शिक्षा दिक्षा दिउँला भनेर, छोरीको भविष्य उज्जवल बनाउन उहाँ एक वर्षदेखि पोर्चुगलमा हुनुहुन्छ, यहाँ स्वास्थ्य सेवा प्रदायकको यस्तो लापरबाही ?’

जीतबहादुको एउटा मात्रै सन्तान हुन् ५ बर्षे रेजीसा गोपाली । उनको सपना कान्ति बाल अस्पतालको चरम लापरबाही, गैरजिम्मेवारीपनका कारणले गर्दा चकनाचुर भएको बर्तौलाले बताए । बर्तौलाले अस्पातलले इमर्जेन्सीको उपचारका लागि दुई घण्टासम्म डाक्टर भेट्ने पालो नदिँदा तथा अस्पतालका पालेलाई बालिकाकी आमाले अनुनय विनय गर्दा पनि भित्र प्रवेशमा ढिलाई गर्दा मृत्यु भएको उल्लेख गर्दै मृतक बालिकाको पीडित परिवारले न्याय पाउनु पर्ने उनले बताए।

अस्पताल व्यवस्थापन तथा अस्पताल निर्देशकलाई छानबिनको दायरामा ल्याउन माग गर्दै पीडित परिवारलाई आवश्यक क्षेती भरान माग गरे । उक्त बालिका मकवानपुरको थाहा नगरपालिका १० की हुन् र उनी आफ्ना आमासंग काठमाडौको बाफल बस्दै आएकी थिइन । उच्च ज्वरो आएपछि उपचारको लागि कान्ति बाल अस्पताल लगिएकोमा पालो कुर्दा कुर्दै इमर्जेन्सी वार्डमा उनको निधन भएको थियो ।

 

world-link-1690434568.jpg
महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...