Friday, 03 May, 2024
थाहा नगर

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम

FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका  सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम शुक्रबार बाट थानाबजार स्थित गंगा होटलमा सुरु भएको छ ।
 सामुदायिक वन उपभोक्ता महासंघ थाहा नगरका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाको कार्यपालिका सदस्य अनिता बलको  प्रमुख आतिथ्यता तथा महासंघका जिल्ला अध्यक्ष सादुराम चौलागाईं,जिल्ला कोषाध्यक्ष बलराम अधिकारी,महासंघ थाहा नगरपालिकाका सूचना अधिकारी कुमार नेगी,थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीको आतिथ्यतामा सुरु  भएको तालिममा वन व्यवस्थापनअन्तर्गत सामुदायिक वन अभिलेख तथा लेखापरिक्षण व्यवस्थापन, प्रस्ताव एवं निर्णयहरू लेख्नेका साथै वन व्यवस्थापन, वैज्ञानिक वन ब्यवस्थापन, समूहमा सामूहिक भावना र सहकार्यमा टेवा पु¥याउने, समूहमा हुने क्रियाकलाप तथा ति क्रियाकलाप कार्य गर्न खर्च भएको रकमको व्यवस्थित लेखा राख्न सहजीकरण गरी स्रोत साधनको दिगो उपयोग गर्न सहयोग गर्ने आर्थिक पारदर्शी र सुशासन सम्बन्धी, समूहले कति प्रयोग गर्ने र राज्यलाई कति प्रतिशत दिने भन्ने विषयवस्तुको बारेमा प्रशिक्षण दिइने छ।
तालिमलाई महासंघका जिल्ला कोषाध्यक्ष बलराम अधिकारी र लेखापरीक्षक टंक उपाध्यायले सहजीकरण गरिरहेका छन।

 


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...