pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम

FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका  सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम शुक्रबार बाट थानाबजार स्थित गंगा होटलमा सुरु भएको छ ।
 सामुदायिक वन उपभोक्ता महासंघ थाहा नगरका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाको कार्यपालिका सदस्य अनिता बलको  प्रमुख आतिथ्यता तथा महासंघका जिल्ला अध्यक्ष सादुराम चौलागाईं,जिल्ला कोषाध्यक्ष बलराम अधिकारी,महासंघ थाहा नगरपालिकाका सूचना अधिकारी कुमार नेगी,थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीको आतिथ्यतामा सुरु  भएको तालिममा वन व्यवस्थापनअन्तर्गत सामुदायिक वन अभिलेख तथा लेखापरिक्षण व्यवस्थापन, प्रस्ताव एवं निर्णयहरू लेख्नेका साथै वन व्यवस्थापन, वैज्ञानिक वन ब्यवस्थापन, समूहमा सामूहिक भावना र सहकार्यमा टेवा पु¥याउने, समूहमा हुने क्रियाकलाप तथा ति क्रियाकलाप कार्य गर्न खर्च भएको रकमको व्यवस्थित लेखा राख्न सहजीकरण गरी स्रोत साधनको दिगो उपयोग गर्न सहयोग गर्ने आर्थिक पारदर्शी र सुशासन सम्बन्धी, समूहले कति प्रयोग गर्ने र राज्यलाई कति प्रतिशत दिने भन्ने विषयवस्तुको बारेमा प्रशिक्षण दिइने छ।
तालिमलाई महासंघका जिल्ला कोषाध्यक्ष बलराम अधिकारी र लेखापरीक्षक टंक उपाध्यायले सहजीकरण गरिरहेका छन।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...