pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाहाका कोरोना संक्रमितहरुलाई थाहामै राखियो

krona-1597313887.jpg

थाहा नगरको ओम अध्याय रिसोर्टको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना भेटिएपछि उनीहरुलाई थाहानगरमै राखिएको छ । यसअघि भेटिएका संक्रमितहरुहरुलाई एम्बुलेन्समा राखेर हेटौंडास्थित आइसोलेसन वार्डमा पठाउने गरिएको थियो । 

पछिल्लो पटक क्वारेन्टाइनमा रहेका मध्ये १९ जनाको स्वाब संकलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा २ जनामा कोरोना पुष्टि भए पछि उनीहरुलाई थाहा नगरमै राखिने भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनु भयो । ‘हेटौंडा आइसोलेसनमा फोन गरें, त्यहाँ नअटेर १४ जनालाई घरै पठाइएको अवस्था रहेछ’ नगर प्रमुख विष्टले थाहापाटीसित भन्नुभयो, ‘अहिलेलाई नगरमै राख्ने व्यवस्था मिलाएका छौं ।’

थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार आज कोरोना पुष्टि भएकाहरुलाई ओम अध्याय रिसोर्टमा रहेको हाइ केयर युनिटमा राखिनेछ । २५ सिट क्षमताको ओम अध्याय क्वारेन्टाइनमा २० वटा क्वारेन्टाइन रुम रहेका छन् भने ५ वटा हाइकेयर रुम रहेका छन् ।

थाहा नगरपालिकामा कोरोना भाइरस संक्रमित व्यक्तिहरुलाई राख्ने आइसोलेसन नभएकोले हाइ केयर रुममा राख्नु परेको नगरपालिकाले जनाएको छ । 

संक्रमित को हुन् ?
आज संक्रमित भेटिएका दुबै जना गत साउन २३ गतेदेखि नगरको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वाब भने २७ गतेमात्र हेटौंडा पठाइएको थियो । केही संख्या भएपछि क्वारेन्टाइन व्यवस्थापनले स्वाब संकलन गरेर हेटौंडा पठाउने गर्छ । १९ जनाको स्वाब संकलन गरेर पठाइएकोमा १४ जनाको बुधबार नै रिपोर्ट नेगेटिभ आएको थियो । बाँकी ५ जनाको संकास्पद देखिएकोले कार्यालयले बिहीबार रिपोर्ट सार्वजनिक गरेको हो । आज विहीबार सार्वजनिक गरिएको मकवानपुरका ३७ जना कोरोना संक्रमित मध्ये २ जना थाहा नगरपालिकाबाट स्वाब पठाइएको व्यक्ति रहेको पुष्टि भएको हो । 

आज कोरोना पुष्टि भएका एक जना थाहानगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी साउदी अरबबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । अर्को एक जना भने भारतको मोतिहारी निबासी हुन् । शुरुमा उनले घर रौतहट बताए पनि वास्तविकता बुझ्दै जाँदा उनले आफू भारत मोतिहारीबाट आएका बताएका छन् । 

थाहा नगरपालिकाको थानाबजारमा कोठा लिएर बस्दै आएका कँुवर थरका एक व्यक्तिसँग उनी थाहा नगरपालिका आएका थिए । कुँवर थानाबजारमा बसेर गाउँगाउँमा सिरक डस्ना बनाउँदै हिँड्थे । तराई घर बताउने उनी यसअघि थाहानगर आउँदा क्वारेन्टाइनमा बसेका थिए । स्वाब परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनी फेरि घर फर्किए । गत साउन २३ गते पुनः थाहा नगर फर्किदा उनले साथमा पाहुना पनि ल्याएका थिए । तिनै पाहुनालाई अहिले कोरोना भेटिएको हो । 

हेटौंडाबाट बस चढेर आएका थिए संक्रमित व्यक्ति
भारत मोतिहारी घर भएका संक्रमित व्यक्ति २३ गते हेटौंडाबाट बस चढेर आएका थिए । थानाबजारमा बसेर सिरक डस्ना बनाउने काम गर्ने कुँवर थरका व्यक्ति र उनी विहान साँढे ९ बजेको बस चढे । उनीहरु दिउँसो पालुङ आइपुगे । स्थानीयले कोरोना संक्रमण हुन सक्छ भनेर शंका गरे । पहिले क्वारेन्टाइनमा पठाउने कुरा भए पछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । त्यसबीचमा उनीहरुको सम्पर्कमा कोको आएका थिए भन्नेबारेमा कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । 

सँगै थाहा नगर आएका उनीहरुलाई क्वारेन्टाइनमा एउटै कोठामा राखिएको थियो । उनीहरुमध्ये एक जनालाई कोरोना पुष्टि भयो । एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

लक्षण देखिएको छैन
थाहा नगरको क्वारेन्टाइनमा बसेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटभ भेटिएका दुबै जनामा कुनै लक्षण देखिएको छैन । कोरोना पुष्टि भए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...