Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

थापालाई ओलीको उपहार, मकवानपुर १ मा कस्को हुन्छ जीत–हार ?

Kamal_dina_dipak166558634-1665671760.jpg

संजिव रसाइली हेटौंडा – आगामी मंसिर ४ को निर्वाचनका लागि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं.१ मा १६ जनाको अन्तिम नामावली प्रकाशन भएको छ । यससँगै कसले चुनाव जित्छ ? कमल थापा, महालक्ष्मी उपाध्याय (डीना) र दीपक बहादुर सिंह मध्ये ।

चोकचौतारा, चिया पसलमा प्रायः यि तीन उम्मेदवारमाथि धेरैले अड्कलबाजी गर्ने र मत विश्लेषण गरेको पाइन्छ । जसमा राप्रपा नेपालका अध्यक्ष थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री डीना हेविवेट नेता हुन् भने सिंह रैथाने ।

थापा र डीना केन्द्रीय राजनीति गर्दछन् भने सिंह स्थानीयस्तरमा उनको राम्रो प्रभाव छ । थापालाई चुनाव जिताउन एमालेले सबथोक सुम्पेको छ । उता डीनालाई नेकपा माओवादी र एकीकृत समाजवादीको साथ छ । सिंह भने एक्लै छन् ।

इतिहासलाई कोट्याउँदा डीनाले एकपटक पनि चुनावमा जितेको रेकर्ड छैन । डीना २०४८, २०५१, २०५६ र २०७४ को चुनावमा पराजित थिइन् । उता सिंहसँग पनि जितको होइन् पराजितको मात्रै अनुभव छ । उनी २०५४, २०५६, २०७० र २०७९ सालमा चुनावमा उत्रिएका थिए । हार मात्रै ब्यहोरे ।

राजनीतिमा चतुर खेलाडी मानिने कमल थापा २०४६ को राजनीतिक परिबर्तनपछिका दिनमा पाँच पटक चुनाव लडे । एकपटक मात्रै जितेको रेकर्ड छ । चार पटक डीना र सिंहकै लयमा देखिए । पहिलो पटक २०४८ मा चुनाव लड्दा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थापा २०७४ मा पनि दाहालसँगै हार ब्यहोरेका थिए ।

थापालाई एकपटक चुनाव जित्न २०५२ मा मकवानपुर १ र ३ दुई क्षेत्रबाट उठ्नु परेको थियो । त्यतिबेला थापा १ मा जित, ३ मा पराजित भएका थिए । त्यसपछि २०५६ र २०६४ मा दुई–दुई क्षेत्रबाट होमिए । तर, जनताले पत्याएनन् । चुनाव हारे ।

थापा २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए । थापाले यो चुनाव आफ्नो अन्तिम रहेको बताएका छन् । उनीसँगै डीना र सिंहले यो चुनाव आफु जित्ने दाबी गरिरहेका छन् ।

सूर्य चुनावचिन्ह पाउँदैमा दाहाललाई जस्तो थापालाई जित्न सहज भने छैन । किनकी राजनीतिक घटनाक्रमले कोल्टे फेरेको छ । अहिले एकतिर जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी, अर्कोतिर एमाले र राप्रपा नेपाल हुँदा राप्रपा, राष्ट्रिय स्वतन्त्र पाटी, स्वतन्त्र उम्मेदवार एक्लाएक्लै छन् ।

उम्मेदवारको चर्चाको मापन गर्दा थापा र सिंहको जति डीनाको छैन । किनकी, थापाले सिंहलाई भाइ, सिंहले थापालाई दाइको रुपमा स्वीकार्छन् । ब्यबहारमा जस्तो, त्यस्तै पहिले राजनीतिक सम्बन्ध पनि दाजुभाइकै थियो । उनीहरुलाई राजनीतिक रुपमा एकाघरका उम्मेदवार भनेर टिप्पणी गरेको पाइन्छ । तीन उम्मेदवारीबीचको चुनावी लडाई कडासँगै निकै रोच हुने अनुमान गरिएको छ ।

के छ २०७४ को हिसावकिताव ?
पहिले बाम गठबन्धनका उम्मेदवार एमालेका कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरेका थिए । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गरेका थिए ।

त्यस्तै मालेका कुमार सञ्जेलले १ हजार ४१९, विवेकशील शाझाका सरोज कोइरालाले १ हजार ३५६, स्वतन्त्र केशवराज बानियाँले ४६७, संघीय समाजवादी फोरमका कृष्णकुमार घलानले २६३, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रमान थिङले २३८, देशभक्त जनगणतान्त्रिक मोर्चाका दिलबहादुर घिसिङले १८४, नयाँ शक्तिका प्रल्हाद लामिछाने १७१ र एकीकृत राष्ट्रिय प्रजातान्त्रिक पार्टीका रामकृष्ण सापकोटाले ८४ मत ल्याएका थिए ।

कमल थापाको सम्भावना उच्च
२०७४ को चुनावमा बाम र लोकतान्त्रिक गठबन्धन थियो । गठबन्धनको कारण कुन पार्टीले कति मत ल्याए भन्न मुस्किल छ । तर, समानुपातिक मतलाई भने केही आधार मान्न सकिन्छ ।

त्यतिबेला दाहालले ल्याएको मत र समानुपातिकतर्फ एमाले र माओवादीले प्राप्त गरेको मतान्तार २०४ मात्रै छ । त्यसैलाई आधार मान्ने हो भने राप्रपाको मत कुरै छोडौँ, गठबन्धनका लागि एमाले एक्लै भारी पर्ने देखिन्छ । थापालाई जितको लागि एमालेको मत जोगाए पुग्छ । राप्रपाबाट तान्न सकेको भोट उनको थप मतान्तरमा गनिने देखिन्छ ।

यस्तो छ समानुपातिक मत ?
२०७४ मा एमाले समानुपातिकतर्फ २८ हजार ८८४ मत ल्याउँदा कांग्रेस र माओवादीले क्रमशः १६ हजार ८२२ र ११ हजार ५४३ ल्याएको थियो । त्यो कांग्रेस र एमालेको मत जोड्दा २८ हजार ३६५ हुन्छ । अब त्यही मतमा नेकपा एसको मत जोड्दा गठबन्धनको मत हुन्छ ।

त्यस्तै राप्रपा १५ हजार १७१, मालेले ३०१ मत ल्याउँदा अन्य पार्टीको २०० मतको अँकडा पार भएको छैन । थापाले राप्रपाबाट ३० प्रतिशत मत मात्रै आफ्नो पक्षमा पार्नसके, सूर्य अर्थात एमालेको मत साढे ३३ हजार मत हुन पुग्छ । त्यो सूर्यचिन्हका उम्मेदवार जिताउन काफी हुन्छ ।

स्थानीय तहको मत परिणामले भन्छन् ‘डीना बलियो’
प्रतिनिधिसभा क्षेत्र नं.१ मा गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने गठबन्धनकी उम्मेदवार डीनाको सम्भावना बलियो देखिन्छ । यस क्षेत्रमा बागमती, बकैया, हेटौंडाको १५ र मकवानपुरगढीको १ देखि ४ गरी कुल ४० वडा पर्दछन् ।

उक्त क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले समर्थन गरेको एमालेले सबैभन्दा बढी १५ वटा वडा जित्यो तर, कुनै पालिका जित्न सकेन । कांग्रेसले दुई पालिका सहित १२ वटा वडा जित्यो । त्यस्तै माओवादीले एक पालिका सहित १२ वडा जित्दा नेकपा एसले एक पालिका र एक वडामात्रै जित्यो । त्येतिबेला कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धन थियो ।

यस्तो छ वडाध्यक्षले पाएको मत ?
एकलरुपमा हेर्दा एमाले बलियो देखिन्छ । एमालेको वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ हजार ६५ छ । उता कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ७२ मत प्राप्त गर्दा माओवादीले १६ हजार ११७ र एकीकृत समाजवादीले ३ हजार २८३ मत ल्याएको छ । त्यस्तै राप्रपाले ४ हजार २८ मत ल्याउन सफल भएको छ ।

कति थपिए मतदाता ?
यस क्षेत्रमा पाँच बर्षको अवधिमा २५ हजार ३५६ मतदाता थपिएका छन् । ०७४ मा १ लाख २४ हजार ७९९ मतदाता रहेकोमा अहिले बढेर १ लाख ५० हजार १५५ पुगेको निर्वाचन आयोगको तथ्याङकमा उल्लेख छ । चुनाव जित्न उम्मेदवारको लागि बढेको मत महत्वपूर्ण हुने देखिन्छ ।

बदर मतमा ध्यान
चुनावमा एक मतले हारजीतको निर्धारण गर्दछ । त्यसैले बदर मत नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ । गत चुनावको मतगणना केलाउँदा कुल मतमा ८४ हजार ६९ मत खसेको थियो । जसमा सदर मत ७९ हजार ७२६ भयो । बाँकी ४ हजार ३४३ अर्थात (पाँच प्रतिशत बढी) मत बदर भएको थियो ।

कस्ले जित्ला ?
थापा देशकै हेविवेट नेता, डीना कांग्रेसको केन्दीय राजनीतिमा राम्रो पहुँच भएकी नेत्री र सिंह गएको स्थानीय तहमा अप्रत्यासित मत पाएका नेता । उनीहरु आफ्नो स्थानमा राम्रो पकड भएका उम्मेदवार हुन् । अहिले पुराना मत र गएको स्थानीय तह चुनावमा वडाध्यक्षले प्राप्त गरेको भोटलाई आधार मानेर हारजीतको अनुमान लगाउने गरिन्छ ।

झन् वडाध्यक्षले पाएकै भोट सैद्धान्तिक मत मान्ने चलन छ । तर, त्यसलाई मान्ने आधार भने प्रष्ट छैन । हेटौंडामा सिंहले स्थानीय निवार्चनमा २० हजार बढी मत पाएका थिए । जबकि राप्रपाका वडाध्यक्षको कुल मत करिब ४ हजारको हाराहारीमा आएको थियो ।

त्यस्तै ०७४ मा मकवानपुर क्षेत्र नं.२ मा बाम गठबन्धनका विरोध खतिवडा १२ हजार भन्दा बढी मतान्तर बिजयी हुँदा प्रदेशतर्फ कांग्रेसका उम्मेदवार विजयी भएका थिए । अनुमान लगाउने र दाबी गर्ने ब्यक्तिगत स्वतन्त्रता हो । कुन उम्मेदवारले चुनाव जित्छ ? मंसिर ४ गते हुने निर्वाचनमा जनताको भोटले निर्धारण गर्दछ ।प्रहर खवर हेटौंडा 

 
 
 
 
 
https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png