Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

समाचार

थानकोट चित्लाङ सडक खण्डको सेतो पहरामा ऐना चढाउन बाबाको सुझाव

FB_IMG_1708187921868-1708225966.jpg

थानकोट-चित्लाङ जोड्ने प्रमुख सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा पछिल्लो समय दुर्घटना बढिरहेपछि सडकदेखि सदनसम्म यसको चर्चा चुलिएको छ ।

पुष २८ गते भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएपछि यस सडकको दुरावस्थाको विषयले थप चर्चा पाएको हो ।
यस सडकको ट्य्राक खुलेको लामो समयसम्मपनि स्तरोन्नति हुन नसक्दा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न विवश छन् । केन्द्रीय राजधानीबाट प्रदेश राजधानी जोड्ने छोटो दूरीको सडक मार्गको अवस्थाका विषयमा सवत्र चासो र चिन्ता व्यक्त हुन थालेपछि अर्थ मन्त्रालयले गत महिना स्रोत सुनिश्चित गरेर ६ करोड रुपैयाँ विनियोजन गरेपछि यस सडकको सेतो पहरा खण्डमा अहिले मर्मतको कार्य जारी छ ।

मन्दिर बनाई ऐना चढाउन बाबाको सुझाव

यसैबीच विश्वभक्त बाबा नाम गरेका एकजना साधकले सो सडक खण्डको सेतो पहरामा मन्दिर बनाउनुपर्ने सुझाएका छन् ।
सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले ती क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै उनले सो क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउनुपर्ने बताएका हुन् ।

कुनै क्षेत्रमा दोष देखिएमा व्यक्तिको ध्यान वीकेन्द्रित हुने भएकोले ऐनाको प्रकाशले ध्यान केन्द्रीत गर्न सहायता समेत पुग्ने भएकोले त्यस्ता स्थानमा  ऐना राखि दोष कम गर्ने चलन अन्यत्र पनि रहेको उनले बताए । आइतबार बिहान थानकोट टाइम्ससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफुले ध्यान गर्दा सेतो पहरा क्षेत्रमा अलाैकिक शक्तिले मन्दिर बनाउन सुझाएको बताउँदै उक्त स्थानमा सानो मन्दिर स्थापना गर्न आफु लागिपरेको बताए । 

बीपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका-५ रिट्ठेभिरको भित्तापनि सेती देवीको नाउँमा हजाराैं ऐना टाँसिएका छन् । उक्त क्षेत्रमा दुर्घटना बढेपछि साधकहरूको भनाइमा सो क्षेत्रमा सेतीदेवीको स्थान रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रुले गर्दै आएका छन् । हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। थानकोट टाइम्स

तस्बिरः बुद्धरत्न मानन्धर 


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...