pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

थाक्रेको दामेचौरमा रहेको जनभोजनले मनायो १४ औं वार्षिकोत्सव।

CamScanner-०४-११-1681220839.jpg

थाहा नगर उपप्रमुख भरत गोपाली शुभकामना मन्तव्य राख्नुहुदै साथमा थाहा नगरका प्रमुख प्रशासकीय अधिकृत अजीत घिमिरे र सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने

थाहा नगरपालिकाको सिमानामा रहेको धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्रनो १४औं वार्षिकत्सव मनाएको छ ।
२०६५ साल चैत्र १४ गतेबाट सञ्चालन भएको जनभोजन कार्यक्रमले आज मंगलबार एक कार्यक्रमका विच वार्षिकत्सव मनाएको छ । स्थापना कालबाट दैनिक रुपमा ५ सय जना भन्दा बढि विद्यार्थी तथा बृद्ध आमाबुवाहरुलाई खाना खुवाउदै आएको जनभोजन कार्यक्रमले केही वर्ष अगाडीबाट धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४,५ र मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११, १२ का ९ वटा विद्यालयमा दैनिक २ हजार भन्दा बढि विद्यार्थीहरुलाई दिवा खाजा खुवाउँदै आएको जनभोजन कार्यक्रमका व्यवस्थापक भोला राउतले बताए ।
जनभोज कार्यक्रममा वार्षिक रुपमा १ करोड १८ लाख भन्दा बढि खर्च भएको संस्थाका उपाध्यक्ष प्रेमराज ढुङगेलले बताए। उहाँका अनुसार विभिन्न सहयोगी दाताहरुबाट प्राप्त र अन्य संस्था सहयोग रुपमा दिएको रु.७९ लाख आम्दानी भएको भनाई छ । अहिले दैनिक रुपमा ४० हजार खर्च हुने गरेको संस्थाको भनाई छ ।
वार्षिकत्सव कार्यक्रममा बोल्नु हुँदै थाहा नगरपालिकाका उमप्रमुख भरत गोपालीले जनभोजन कार्यक्रमको उच्च प्रशंसा गर्दै नगरले पनि जनभोजन कार्यक्रमलाई केही सहयोग गर्ने बताउनु भएको छ । उहाँले सहकार्य गरेर अगाडी बढ्न समेत संस्थालाई आग्रह गरेका छन्।

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले जनभोजन कार्यक्रमले विद्यालय र विद्यार्थीमा आएको परिवर्तनको उच्च प्रशंसा गर्दै विगतका वर्षहरुमा पालिकाबाट दिदै आएको आर्थिक सहयोगलाई बुद्धि गर्ने बताउनु भएको छ । उहाँले यस किसिमको कार्यक्रम पालिका भित्रका अन्य क्षेत्रमा समेत विस्तार गर्नु पर्ने बताएका छन्।

नागरिकपाटी बाट। फोटो:- थाहापाटी 

CamScanner-०४-११-1681221855.jpg
CamScanner-०४-११-1681221855.jpg
CamScanner-०४-११-1681221978.jpg
CamScanner-०४-११-1681221979.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...