Saturday, 27 Apr, 2024
बजार

तिहारमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने

saypatyree-1699151524.jpg

कात्तिक १९ गते । यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । 

गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका छन् । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण यसपालि मालाको मूल्यसमेत बढ्ने भएको छ । 

तिहारमा लक्ष्मीपूजा, घरआँगन सजाउनेदेखि भाइटीकामा लगाउनका लागि सयपत्रीको माला धेरै प्रयोग हुन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष ८० प्रतिशत स्थानीय उत्पादनले बजार माग धान्ने र २० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

फूलमा भ्याट लगाएका कारण यसपालि मालाको मूल्य बढ्ने उहाँको भनाइ छ । सयपत्री फूलको आयात गर्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस पटक व्यवसायीलाई माला आयात गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार बजारमा प्रतिगोटा सयपत्री मालाको थोक मूल्य प्रतिमाला ७५ र खुद्रा मूल्य १२५ रुपियाँ पुग्ने छ । 

गत वर्ष मालाको मूल्य प्रतिगोटा ५० देखि एक सय रुपियाँसम्म थियो । यस वर्ष मखमलीको मालाको मूल्य थोकमा ४५ रुपियाँ र खुद्रामा ६० देखि ७० रुपियाँ पर्ने तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रुपियाँसम्म पर्ने देखिएको छ । 

गोदावरी फूलको माला भने एक हजारदेखि तीन हजार रुपियाँसम्म पर्ने एसोसिएसनले अनुमान छ । फ्यानका अनुसार गत वर्ष नौ लाख सयपत्रीका माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाख मात्र माला ल्याउन लागिएको छ ।

फ्यानका अनुसार पछिल्लो समय बजारमा फूलको माग वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३ प्रतिशतले फूलको कारोबार वृद्धि भएर तीन अर्ब सात करोड पुगेको छ । सो अवधिमा मुलुकबाट ६८ अर्ब १८ लाख रुपियाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात हुँदा ३३ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । गोरखापत्रमा खवर छ।


world-link-1690434568.jpg
जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...