pani-1786865868.jpg
Tuesday, 29 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बजार

तिहारमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने

saypatyree-1699151524.jpg

कात्तिक १९ गते । यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । 

गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका छन् । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण यसपालि मालाको मूल्यसमेत बढ्ने भएको छ । 

तिहारमा लक्ष्मीपूजा, घरआँगन सजाउनेदेखि भाइटीकामा लगाउनका लागि सयपत्रीको माला धेरै प्रयोग हुन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष ८० प्रतिशत स्थानीय उत्पादनले बजार माग धान्ने र २० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

फूलमा भ्याट लगाएका कारण यसपालि मालाको मूल्य बढ्ने उहाँको भनाइ छ । सयपत्री फूलको आयात गर्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस पटक व्यवसायीलाई माला आयात गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार बजारमा प्रतिगोटा सयपत्री मालाको थोक मूल्य प्रतिमाला ७५ र खुद्रा मूल्य १२५ रुपियाँ पुग्ने छ । 

गत वर्ष मालाको मूल्य प्रतिगोटा ५० देखि एक सय रुपियाँसम्म थियो । यस वर्ष मखमलीको मालाको मूल्य थोकमा ४५ रुपियाँ र खुद्रामा ६० देखि ७० रुपियाँ पर्ने तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रुपियाँसम्म पर्ने देखिएको छ । 

गोदावरी फूलको माला भने एक हजारदेखि तीन हजार रुपियाँसम्म पर्ने एसोसिएसनले अनुमान छ । फ्यानका अनुसार गत वर्ष नौ लाख सयपत्रीका माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाख मात्र माला ल्याउन लागिएको छ ।

फ्यानका अनुसार पछिल्लो समय बजारमा फूलको माग वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३ प्रतिशतले फूलको कारोबार वृद्धि भएर तीन अर्ब सात करोड पुगेको छ । सो अवधिमा मुलुकबाट ६८ अर्ब १८ लाख रुपियाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात हुँदा ३३ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ । गोरखापत्रमा खवर छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...